KALIKATIMES.COM

लागु औषधसहित ३ नावालक पक्राउ

वीरगंज । प्रतिबन्धित लागु औषध ३३७ पिस नाईट्राभेट ट्याब्लेट सहित तिन जना नावालकहरू पक्राउ परेका छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साबाट खटिएको प्रहरी टोलीले जिल्ला भक्तपुर चाँगुनारायण नगरपालिका वडा नं. ७ निवासी १६ बर्षिय नावालक, जिल्ला सिन्धुली सुनकोशी गाउँपालिका वडा नं. २ निवासी १७ बर्षिय नावालक र जिल्ला बारा प्रसौनी गाउँपालिका वडा नं. ३ निवासी १७ बर्षिय नावालकलाई पक्राउ गरेकाे हाे ।

वीरगंज महानगरपालिकाकाे वडा नं. १५ ब्रहमचोक स्थित सडकखण्डबाट भदाै ३० गते शनिबार अपरान्ह ४:३० बजेको समयमा लागु औषध नाइट्राभेट ट्याब्लेटसहित  तीनै जनालाई पक्राउ गरिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक कुमार बिक्रम थापाले जानकारी दिए ।

प्रहरी टोलीले साे स्थानमा संकास्पदरूपमा धुम्रपान चुरोट सेवन गरिरहेको अवस्थामा तीनै जना नावालकहरुलाई कानूनी रीतपुर्‍याई खानतलासी गर्दा सिन्धुली निवासी १७ वर्षीय नावलले भिरेको झोलाबाट प्रतिबन्धित लागु औषध नाईट्राभेट १४ पत्तामा ३ सय ३७ पिस ट्याब्लेट फेला परेको प्रवक्ता थापाले वताए ।

त्यस पश्चात तिनै जनालाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लागु औषध सम्बन्धि कसूर मुद्दामा आइतबार पर्सा जिल्ला अदालतबाट ५  दिन म्याद थप अनुमति प्रदान गरी थप अनुसन्धान कार्य भैरहेको उनले जताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:3.132 sec. Memory consumption:69.92 mb
Send this to a friend