KALIKATIMES.COM

श्रीलङ्कालाई हराउँदै भारत एसिया कप २०२३ च्याम्पियन

वीरगंज । भारतले श्रीलङ्कालाई १० विकेटले हराउँदै एसिया कपको उपाधिमाथि कब्जा जमाउन सफल भएको छ । भारतले प्रतियोगिताको उपाधि हात पारेको यो आठौँ पटक हो ।

श्रीलङ्काले प्रस्तुत गरेको ५१ रनको झिनो लक्ष्य भारतले मात्र ६.१ ओभरमा कुनै पनि विकेट नगुमाई पछ्यायो । भारतका लागि ईशान किसनले २३ तथा शुभमन गिलले २७ रनको पारी खेले ।

यसअघि श्रीलङ्काली टोली एसिया कपको इतिहासमै सबैभन्दा कम योगफलमा समेटिएको थियो । भारतविरुद्धको फाइनलमा टस जिती पहिलो ब्याटिङको निर्णय लिएको श्रीलङ्काले १५.२ ओभरमा अलआउट हुनुअघि ५० रनमात्र बनाउन सक्यो ।

भारतका दायाँहाते तीव्र गतिका बलर मोहम्मद सिराजका अगाडि श्रीलङ्काली ब्याट्सम्यानहरू निरीह साबित भए । श्रीलङ्काका कुनै पनि ब्याट्सम्यान लामो समय क्रिजमा टिक्न सकेनन् । 

ओपनर कुशल परेरा खाता खोल्नुअघि नै पेभेलियन फर्किए । त्यसलगत्तै अर्का ओपनर पाथुम निसानका पनि दुई रन बनाउँदै आउट भए । तेस्रो विकेटका रूपमा सादिरा सामराबिक्रमा शून्य रनमै पेभेलियन फर्किए । चौथो विकेटका रूपमा चरिथा असालंका पनि शून्य रनमै आउट भए । 

यसैगरी पाँचौँ विकेटका रूपमा धनन्जय डा शिल्भा आउट भएका थिए । उनी पनि चार रनभन्दा अगाडि बढ्न सकेनन् । छैटौँ विकेटका रूपमा कप्तान दासुन सानका शून्य रनमै आउट भए । सातौँ विकेटका रूपमा विकेटकिपर ब्याट्सम्यान कुशल मेन्डिस १७ रन बनाउँदै आउट भए । उनले ३४ बलको सामना गरी तीन चौका हिर्काए । उनी श्रीलङ्काका लागि दोहोरो अङ्कमा रन बनाउने एकमात्र खेलाडी हुन् । 

यसैगरी आठौँ विकेटका रूपमा दुनिथ वेल्लालागे पेभेलियन फर्किएका थिए । उनले २१ बलको सामना गरी आठ रनमात्र बनाउन सके । श्रीलङ्काले नवौँ विकेटका रूपमा प्रमोद मदुसनलाई गुमाएको थियो । उनी एक रन बनाउँदै आउट भए ।  श्रीलङ्काले अन्तिम विकेटका रूपमा माथिसा पाथिरानालाई शून्य रनमा गुमायो ।

श्रीलङ्काले एक रनमा पहिलो, आठ रनमा दोस्रो, आठ रनमै तेस्रो, आठ रनमै चौथो, १२ रनमा पाँचौँ, १२ रनमै छैटौँ, ३३ रनमा सातौँ, ४० रनमा आठौँ, ५० रनमा नवौँ र दसौँ विकेट पनि ५० रनमा गुमाएको थियो ।   

एसिया कपको इतिहासमा कुनै पनि टोलीले बनाएको सबैभन्दा कम योगफल ८७ रन हो । सन् २००० मा भएको एसिया कपमा पाकिस्तानविरुद्धको खेलमा बंगलादेशी टोली ८७ रनमा अलआउट भएको थियो । उक्त खेलमा बंगलादेश ३४.२ ओभरमा अलआउट भएको थियो । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:2.704 sec. Memory consumption:69.96 mb
Send this to a friend