KALIKATIMES.COM

गाेला प्रथाबाट गादीमाई साझेदारीकाे सदस्यमा केवट विजयी

वीरगंज । पर्साकाे गादीमाई साझेदारी वन उपभाेक्ता समुहकाे चुनावमा बराबरमा मत ल्याएका दुई सदस्य बिच गाेला प्रथाबाट टुंगाे लागेकाे छ ।

गोला प्रथाबाट भएको निर्णयले कृष्णमोहन यादव पक्षका मनोज महतो केवट बिजयी भएको गादीमाई साझेदारी वन उपभोग्ता समुहका पदेन सचिव तथा वन अधिकृत सुमन पाण्डेले जानकारी दिए ।

गत असार २६ र २७ गते भएकाे साझेदारी वन उपभोग्ता समुहको चुनावमा कृष्ण माेहन नेतृत्वकाे प्यानलका जगरनाथपुर गाउँपालिका वडा नम्बर २ जानकीटोला निवासी मनोज महतो केवट र सहरुम राउत प्यानलका जिराभवानी गाउँपालिका वडा नमबर १ बलुवा निवासी अम्रेश ठाकुर लोहारले ९८-९८ बराबर मत ल्याएका थिए । त्यस कारण दुबै सदस्य बिच चयन हुनु पर्ने एक सदस्य चयन हुन सकेकाे थिएन ।

साे सम्बधमा आइतबार जिल्ला वन डिभिजन कार्यालय पर्सामा भएकाे छलफलमा गोला प्रथाबाट दुई मध्ये एक सदस्य चयन गर्ने सहमती जुटेपछि त्यस अनुसार नै गरिएकाे थियाे । जसमा उपभाेक्ता समुहका अध्यक्षमा पराजित कृष्णमाेहन पक्षका केवट चुनिएका हुन् ।

वन उपभाेक्ता समुहकाे अध्यक्षमा कांग्रेस निकटका सहरुम राउत गद्दीसहित १३ जना बिजयी भएका थिए ।

अहिलेपनि जिल्लामा रहेका ३ वटा साझेदारी वन उपभोग्ता समुह मध्ये बिन्दासिनी र सबैयाको चुनाव हुन नसकेको जिल्ला वन डिभिजन कार्यलय पर्साले जनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:187. Generation time:5.150 sec. Memory consumption:69.94 mb
Send this to a friend