KALIKATIMES.COM

जनमत पार्टी पर्साको संगठन बिस्तारमा तिब्रता

दिपु बर्णवाल/
वीरगंज । जनमत पार्टी पर्साले संगठन बिस्तार अभियानलाई तिब्रता दिएको छ । शनिबार पर्सा क्षेत्र नम्बर -४ को क्षेत्रीय भेला सम्पन्न भएको छ । पार्टीका केन्द्रिय सदस्य चन्दन चौहानको अध्यक्षता र रास्ट्रीय परिषद सदस्य डा. अजय यादवको प्रमुख आतिथ्यमा भेला सम्पन्न भएकाे हाे ।

भेलालाई सम्बोधन गर्दै पर्सा जिल्ला संयोजक ओमप्रकाश सरार्फले अब नेपाली जनताको आशा र भरोसाको एउटै पार्टी जनमत पार्टी रहेकोले सुशासन, बिकास, विभेद रहित समाज निर्माण एवं भ्रष्टाचार, बेथितिबाट मुक्तिको लागी जनमत पार्टीमा गोलबन्द हुन सबैमा आग्रह गरे ।

भेलामा राजनीतिक समिति सदस्य सिपु तिवारीले सम्बोधन गर्दै डाक्टर सिके राउत त्यागी र भिजनरी नेता भएकोले सबैले बिश्वास गर्नु पर्नेमा जोड दिए ।

भेलामा केन्द्रिय सदस्यहरु नजमा खातुन, अनिता रौनियार, स्थानीय नेताहरु सन्तोष साह, अमरनाथ सिह राठौर, युवा अध्यक्ष राजुराज गिरि,अमिरका राउत, दिपक यादव, दिलिप यादव, राहुल सरार्फ लगायतले सम्बोधन गरेका थिए ।

उक्त भेलामा दुई दर्जन स्थानीय अगुवाहरु जनमत पार्टीमा प्रवेश गरेका थिए ।

यसैगरी शनिबार नै जनमत पार्टीले वीरगंज महानगरपालिकाकाे वडा नम्बर २४ रमघडवामा बिजेन्द्र यादवको अध्यक्षतामा समिति गठन गरेको छ । वडा सुदृढीकरण अभियान अन्तर्गत पर्साको सबै वडामा वडा कमिटी गठनको अभियान तिब्र गतिमा जारी रहेको पर्सा जिल्ला सह- इन्चार्ज मुकेश दिवेदीले बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:213. Generation time:3.142 sec. Memory consumption:70.11 mb
Send this to a friend