32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

डाक्टर कुटपिट गर्ने आराेपितहरु पक्राउ

वीरगंज । हेटौँडा उपमहानगरपालिका-१ मा रहेको सञ्चो अस्पतालमा कार्यरत ३३ वर्षीय डा. प्रसान्त बिडारी र ३७ वर्षीय डा. विकास थापामाथि अस्पतालमा ड्युटीमा खटिरहेको बेला कुटपिट गरेको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेकाे छ ।

हेटौँडा उपमहानगरपालिका-१२, पदमपोखरीकी ३९ वर्षीया रिता प्रधान, २१ वर्षीया रमिता प्रधान, २३ वर्षीय रोहित प्रधान र २५ वर्षीय अनुप प्रधानलाई प्रहरीले बिहिबार पक्राउ गरेकाे हाे ।

डेङ्गु सङ्क्रमणको कारण ०८० साउन २५ गते मृत्यु भएका हेटौँडा उपमहानगरपालिका-१२ का ४१ वर्षीय राजेश प्रधानको उपचारमा लापरबाही भएको आरोप लगाउँदै उनका आफन्त सहितको केही युवाको समूहले बुधबार अस्पताल भित्रै प्रवेश गरी चिकित्सकहरूमाथि साङ्घातिक आक्रमण गरी कुटपिट गरेका थिए ।

सीसीटीभी फुटेजको आधारमा चिकित्सकहरूमाथि आक्रमण गर्ने मृतककी पत्नी रिता प्रधान, छोरी रमिता प्रधान, छोरा रोहित प्रधान र भतिज अनुप प्रधानलाई गिरफ्तार गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका डिएसपी लक्ष्मी भण्डारीले जानकारी दिए ।

घटनाका आरोपितहरूको खोजी गरी आवश्यक कारबाही गरिपाउँ भन्दै पीडित पक्षले भदौ २७ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको थियो ।

कुटपिटबाट डा. बिडारीको आँखा र अनुहारमा चोट लागेको छ भने डा. थापाको गाला र अनुहार सुनिएको छ । उक्त घटनाको विषयमा छानबिन तथा खोजी भइरहेको  डिएसपी भण्डारीले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:15.185 sec. Memory consumption:82.76 mb