32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

जसपाका मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको निधन

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) नेपालकी मधेस प्रदेश सांसद बिन्दुकुमारी यादवको मंगलबार बिहान निधन भएको छ । 

समानुपातिक तर्फ सांसद रहेकी यादवको मंगलबार बिहान निधन भएको परिवारजनले जनाएका छन् । उनी लामो समयदेखि क्यान्सर रोगले ग्रसित थिइन् ।

४१ वर्षीय यादवले २०७२ सालको मधेस आन्दोलनमा नेतृत्वदायी भूमिका खेलेकी थिइन्  । यादवको स्थायी घर सर्लाही भए पनि उनी लामो समयदेखि जनकपुर-८ मा बस्दै आएकी थिइन् । यादव जसपाको केन्द्रीय सदस्य पनि थिइन् ।

यादवको निधनले जसपा र देशलाई अपूरणीय क्षति भएको जसपाका प्रमुख सचेतक एवम् पूर्व मन्त्री प्रदीप यादवले बताए । यादवको निधन प्रति दुःख व्यक्ति गर्दै उनले पार्टीले एक सच्चा, इमानदार र कर्मठ सिपाही गुमाएको बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.797 sec. Memory consumption:82.49 mb