42.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

बारामा नेवि संघको समानान्तर कमिटी गठन

वीरगंज । बारामा नेपाल विद्यार्थी (नेवि) संघको समानान्तर कमिटी गठन भएकाे छ । नेपाली कांग्रेस निकट नेवि संघकाे स‌ंस्थापन इतर पक्षले बारामा समानान्तर कमिटी गठन गरेको हाे ।

जिल्लाको सदरमुकाम कलैयास्थित बृहत् विधार्थी भेलाबाट समानान्तर जिल्ला अध्यक्षमा  प्रविण सिंह राउतलाई चयन गरिएको छ ।

साे भेलामा नेविसंघ केन्द्रीय सदस्य भुवन भट्ट, मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने नेविसंघका केन्द्रीय सदस्यहरू हरिओम शाह, कमलेश पटेल, राजकिशोर शाह, विकेस पटेल, पुष्पेन्द्र गोइत, मुनराज तिवारी लगायतको उपस्थितिमा रहेकाे थियाे ।

मंगलबार मात्रै नेविसंघका अध्यक्ष दोजाङ शेर्पाले बारा जिल्लामा समीर चौधरिको नाममा पत्र काटेर अध्यक्षको जिम्मेवारी दिएका थिए । नेपाली कांग्रेस जिल्ला सभापतिले गरेको सिफारिस विपरीत अध्यक्ष शेर्पाले मापदण्ड र संगठनको विधिविधानलाई कुल्चेर पत्र काटेको आरोप लगाउदै इतर समूहका विधार्थी नेताहरूले विरोध जनाएका थिए ।

शेर्पाले पठाएको पत्र बाहिरिएपछि इतर केन्द्रीय सदस्यहरूले सामानान्तर समिति गठन गर्न निर्देशनसहितका धारणा राखेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.365 sec. Memory consumption:82.49 mb