10 May 2025
KALIKATIMES.COM

कालोबजारीको आरोपमा बहुदरमाईका साह पक्राउ

वीरगंज । एलपी ग्याँसको कालो बजारी गरेको आरोपमा पर्साकाे बहुदरमाई नगरपालिकाबाट एक जना व्यवसायीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरीले बहुदरमाई नगरपालिका वडा नं. ४ बहुअरी पिडारीस्थित रहेकाे बिराज ट्रेडर्सका भरत साहलाई नियन्त्रणमा लिएको हो । भरत बिराज ट्रेड्सका सञ्चालक अनिल साहका पिता हुन् ।

एलपी ग्याँसको सिलिन्डर हुँदाहुँदै पनि उपभोक्तालाई फिर्ता पठाएर ठगी गर्न खोजेको आरोपमा उनलाई नियन्त्रणमा लिइएको प्रहरी चौकी डकैला बहुअरीका प्रमुख प्रहरी सहायक निरीक्षक (असई) नगिना प्रसाद यादवले जानकारी दिए । 

असई यादवका अनुसार पक्राउ परेका भरतले पेट्रोलियम पदार्थमा भएको मूल्यवृद्धि लागू नहुँदै उपभोक्तासँग वृद्धि भएको रकमसहित पैसा लिएका छन् । पैसा लिए पनि उनले उपभोक्तालाई ग्याँस लिन भने १२ बजे पछि आउन भनेका थिए । 

‘पसलमा भरेको ग्याँस सिलिन्डर हुँदाहुँदै पनि छैन भनेर उपभोक्तालाई फिर्ता पठाउने र एडभान्स रकम लिएको गुनासो आएपछि हामी आफ्नो टोलीसहित त्यहाँ ‘पुग्दा पसलमा २५-३० वटा ग्यास सिलिन्डर भरेको अवस्थामा मौज्दात रहेको  भेटिएपछि भरतलाई नियन्त्रणमा लिएकाे असई यादवले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:7.036 sec. Memory consumption:82.49 mb