30 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

एमालेले संसदमाथि खेलबाड गर्याे : सांसद यादव

वीरगंज । जनता समाजवादी पार्टी नेपालका प्रमुख सचेतक प्रदीप यादवले प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)ले संसदमाथि खेलबाड गरेको आरोप लगाएका छन् ।

सोमवार संसद बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै पर्सा निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित प्रतिनिधि सभा सदस्य (सांसद) यादवले प्रमुख प्रतिपक्ष दल एमालेले संसद अवरोध गरेर खेलबाड गरेको बताएका हुन् । उनले सुन तस्करी प्रकरणको छानबिन गर्न समिति बनाउनु आवश्यक नभएको बताए ।

पूर्व वन तथा वातावरण मन्त्री समेत रहेका यादवले समिति बनाए प्रतिवेदन थन्क्याएर राख्ने बाहेक काम नहुने भन्दै आपराधिक घटनाको छानबिन नेपाल प्रहरीलाई गर्न दिनुपर्नेमा जोड दिए ।

उनले भने, ‘संसद अवरोध प्रमुख प्रतिपक्षले गरेको छ । सांसदलाई खेलबाडका रूपमा प्रमुख प्रतिपक्षले हेरेको छ । संसद जनताको प्रतिनिधित्व गर्ने संस्था हो । जनताको न्यायको मन्दिर हो । समसामयिक मुद्दामा यहीँबाट बहसको थालनी हुन्छ । देशमा बाढी, पहिरोले धेरै जनधनको क्षति भएको छ । यो संसद चलाउनुको साटो संसद अवरुद्ध गर्नु जायज कुरा होइन ।’

सांसद यादवले गौर हत्याकाण्डको विषयलाई उठाएर जसपामाथि षड्यन्त्र र घेराबन्दी गर्न खोजिएको बताए । उनले तत्कालीन माओवादीको हठका कारण गौर हत्याकाण्ड भएको आरोप लगाए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.243 sec. Memory consumption:82.49 mb