29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

रौतहटमा रु ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा

वीरगंज । रौतहटमा अबदेखी बिद्यार्थीहरु रु ५० हजारमै ३ वर्षे प्राविधिक शिक्षा अध्ययन गर्न पाउने भएका छन । रौतहटको देवाही गोनाही नगरपालिका वडा नं. ११ स्थित रहेको जय किसान बहु-प्राविधिक शिक्षालय धरहरीले रु ५० हजारमा प्राविधिक शिक्षा अध्ययन गराउन थालेकाे हाे ।

विगत ८ बर्षदेखी अध्य्यन अध्यापन गराउँदै शिक्षालयले अहिलेसम्म लिदै आएको प्रति विद्यार्थी रु ९८ हजार शुल्क लिदै आएकाे थियाे । यस बर्षदेखि घटाएर ३ बर्षे काेर्षकाे रु ५० हजार मात्र शुल्क निर्धारण गरेको छ ।

शिक्षालयले अब रु ५० हजार मै ३ वर्षे ओभरसियर,आइटी र कृषि क्षेत्रमा अध्ययन अध्यापन गराउने छ । रौतहटका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रको अध्यक्षतामा बिहिबार बसेको बैठकले यस्तो निर्णय गरेको प्रावधिक शिक्षालयका शिक्षालय प्रमुख ई. धनोज कुमार यादवले जानकारी दिए ।

यो निर्णयसँगै स्थानीयदेखी बाहिर जिल्लाका अध्य्यन गर्न खोज्ने निम्न आयस्रोत भएका बिद्यार्थीहरु पनि लाभान्वित हुने छन् । जहाँ शिक्षालयले आधुनिक प्रविधी अनुअसार पठन पाठन गराउदैं आएको छ ।

शिक्षालयमा सुबिधा सम्पन्न पुस्तकालय, कम्प्युटर ल्याब, बिज्ञान प्रयोगशालाको व्यवस्था समेत रहेकाे छ ।  यसका साथै शिक्षालयमा डिजिटल प्रविधीबाट अध्यापन गराउने व्यबस्था समेत गरिएको शिक्षालयले जनाएकाे छ ।

बिद्यार्थीलाई आबश्यक पुस्तक लगायत शैक्षिक सामाग्रीहरु शिक्षालयले नै उपलब्ध गराउने छ । दक्ष र अनुभवी शिक्षकबाट अध्यापन गराउँदै आएकाे शिक्षालयमा बिद्यार्थीको लागि सुबिधा सम्पन्न खेल मैदानको व्यवस्था समते रहेकाे छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.481 sec. Memory consumption:82.5 mb