37 C
Birgunj
21 May 2025
KALIKATIMES.COM

बिन्दवासिनीकाे ईटियाही स्थित पाेल्ट्रि फार्ममा आगलागी, १० लाखकाे क्षति

संजय गुप्ता /

बिन्दवासिनी । पर्साकाे बिन्दवासिनी गाउँपालिका वडा नं.३ ईटियाही स्थित मनिष एन्ड अनिस पाेल्ट्रि फार्ममा शुक्रबार राति आगलागी भएकाे छ । मध्य रातमा बिधुत सर्ट सकिट भई भएकाे आगलागीमा परि रु १० लाख बराबरकाे क्षति भएकाे प्रहरीले जनाएकाे छ ।

त्याँहा संचालनमा रहेकाे फर्म मध्ये एउटा पुर्ण रूपमा जलेकाे छ । जलेकाे फर्ममा ९ सय कुखुरा तयारी अवस्थामा थियाे । साथै आगलागीमा २० बाेरा जति कुखुराकाे दाना पनि जलेर नष्ट भएकाे फर्मका सँचालक अनुप साहले वताए ।

आगलागीले बिधुत आपुर्ति गर्न राखिएकाे एक थान जेनेरेटर पनि जलेर नष्ट भएकाे अमरपट्टि प्रहरी चाैकीका प्रमुख हरि चाैहानले वताए ।

उनका अनुसार फर्ममा काेई नभएकाे बेला बिधुत सर्ट भई आगाे लागेकाे हाे । आगलागी बारे थाहा भए पश्चात् स्थानियहरू, नेपाल प्रहरी, सशस्त्र प्रहरीकाे सहयाेगमा आगाे नियन्त्रणमा आएकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

वीरगंजमा गर्भपतन सम्बन्धी तालिम संचालन

कालिका टाईम्स

मुक्त हरवाचरवाको सवाल सम्बोधनका लागि बजेट पैरवी अभियान सुरु

कालिका टाईम्स

वीरगंजमा निःशुल्क आँखा, कान तथा नाकको स्वास्थ्य परीक्षण शिविर सम्पन्न

कालिका टाईम्स
SQL requests:218. Generation time:6.146 sec. Memory consumption:82.74 mb