29.2 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

पकहाँ मैनपुरमा आयआर्जन सम्बन्धी अभिमुखिकरण

वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिकामा लैगिंक तथा घरेलु हिंसा न्युनिकरण बारे श्रीमान श्रीमती अन्तरक्रिया, सहकारीका महिला र सुनौलो हजार दिनका आमाहरुलाई आयआर्जन सम्बन्धी २ दिने अभिमुखिकरण कार्यक्रम बिहिबार सम्पन्न भएकाे छ ।

सबैको लागी पोषण सधैको लागी पोषण मुल नाराका साथ संचालित बहुक्षेत्रिय पोषण योजना कार्यक्रम अन्तर्गत पकहाँ मैनपुर गाउँपालिकाकाे वडा नम्बर १ धोरेस्थित रेडक्रस भवनमा भएकाे कार्यक्रम सम्पन्न भएकाे हाे ।

गाउँ कार्यपालिका सदस्य रामबहादुर साह सोनारको अध्यक्षतामा भएकाे समापन समाराेहमा गाउँपालिका अध्यक्ष सुरेश प्रसाद मेहताले आमा र बच्चा दुबैलाई पाेषण जरुरी रहेकाे वताए ।

युनिसेफ नेपालको सहयोग र पकहाँ मैनपुर गाउँपालिकाको आयोजनामा भएकाे अभिमुखिकरण कार्यक्रममा पोषण सहजकर्ता गणेश राम र पोषण संयोजक प्रमुखले प्रशिक्षण दिएकाे स्थानिय सहकारी संस्थाका अध्यक्ष उमेश बैठाले जानकारी दिए ।

कार्यक्रममा सहकारीका महिला र सुनौलो हजारका ४० जनाको सहभागीता रहेको थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:4.636 sec. Memory consumption:82.49 mb