35.2 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

वीरगंजमा वर्ल्ड लिङ्कको आकर्षक अफर

वीरगंज । नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्ड लिङ्कको शाखा वीरगंजकाे आदर्शनगरमा विस्तार भएको छ ।

उत्कृष्ट इन्टरनेट सेवा उपलब्ध गराउँदै देशकै सबैभन्दा ठूलो सेवा प्रदायक बनेको वर्ल्ड लिङ्कले वीरगंजकाे आदर्शनगरमा शाखा विस्तार गर्दै सुविधा सम्पन्न कार्यालय स्थापना गरेको हो । आदर्शनगरस्थित कार्यालयमा पहिलोको भन्दा धेरै ठाउँ भएको हुँदा जनशक्ति पनि थपिएको छ ।

सेवाग्राहीलाई छिटोछरितो र कार्यालय सम्मको पहुँचलाई बढाउन आदर्शनगरस्थति एसबीआइ ब्याङ्क भन्दा २ सय मिटर पश्चिम तर्फ कार्यालय स्थापना गरिएको वीरगंज शाखाका प्रमुख अरफात देवानले जानकारी दिए ।

इन्टरनेट सेवा उपलब्ध गराउनुका साथै वर्ल्ड लिङ्कले आफ्नो सामाजिक उत्तरदायित्वलाई निर्वाह गर्दै विभिन्न सामाजिक क्रियाकलाप पनि गर्दै आएको छ । सामाजिक क्रियाकलाप अन्तर्गत कम्पनीले भर्खरै वीरगंजकाे एक दर्जन स्थानमा नि:शुल्क वाइफाइ जडान गरेको हो ।

वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहको विशेष पहल कम्पनीले उक्त कार्य गरेको र भविष्यमा थप स्थानमा वाइफाइ जडान गर्ने योजना रहेको शाखा प्रमुख देवानले बताए ।

त्यस्तै कम्पनीले पछिल्लो समय बढेको गर्मीका कारण चलेको तातो हावा (लू) बाट परेको प्रभावलाई कम गर्न स्थानीयहरूलाई चिसो पानी र सर्बत पनि वितरण गरेको उनले जानकारी दिए ।

वर्ल्ड लिङ्कले आगामी दिनमा स्थानीयहरूलाई सुलभ दरमा इन्टरनेट उपलब्ध गराउन नयाँ र सस्तो प्याकेज पनि घोषणा गर्न लागेको छ । सबैलाई इन्टरनेटको पहुँचमा ल्याउन कम्पनीले यस नीति अन्तर्गत काम गरिरहेको देवानले बताए । कम्पनीले साना व्यवसायी, विद्यार्थी र एकल परिवारका लागि पनि छुट्टै सस्तो र भरपर्दो प्याकेजहरू ल्याएको छ ।

देवानले समयमै वर्ल्ड लिङ्कको कार्यालयमा बिहान ७ बजेदेखि साँझ ७ बजेसम्म सम्पर्क गरेर प्याकेजको फाइदा उठाउन आग्रह गरेका छन् । उनले फोन नम्बर ०५१५२३३८१ र ०५१५२१४९० मा सम्पर्क गरेर पनि ग्राहकले सेवा र प्याकेजको बारेमा जानकारी लिन सक्ने जनाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क

मन्त्री यादवले गरे कलैया ८ मा खानेपानी आयोजनाको उद्घाटन

न्युज डेस्क

मिस्टर नेसनल २०२५ मा अजहर आलमको दोहोरो विजयी यात्रा

न्युज डेस्क
SQL requests:215. Generation time:3.204 sec. Memory consumption:82.47 mb