33.6 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

पकहाँ मैनपुरमा ५५ आमाहरुलाई हाइजिनक किट वितरण

वीरगंज । पर्साको पकहाँ मैनपुर गाउँपालिका वडा नं. ४ खेश्राहा टोलका मुसहर वस्तीका ५५ जना गर्भवती महिला र सुत्केरीहरुलाई प्रत्यक्ष लाभ हुने गरी बिभिन्न उन्नत जातका विउ विजन कुखुरा तथा सरसफाईको लागि हाइजिनक किट वितरण गरिएको छ ।

सबैको लागि पोषण सधैको लागि पोषण वहुक्षेत्रीय पोषण योजना कार्यक्रम अन्तर्गत पोषण मैत्री स्थानीय शासन अन्तर्गत छनौट भएका वडा नं. ४ टोल खेश्राहाका मुसहर वस्तीमा सुनौलो हजार दिनका ५५ जना आमाहरुलाई हाइजीन किट १ वटा, ब्रस १ थान, पेष्ट २ थान, तौली १ थान, डिटवल साबुन १ वटा, सर्फ १ पकेट, साबुन १ वटा धाराबाल बाल्टिन १ थान, वाटा १ थान, उन्नत जातका विउ विजन १ सेट र ४ वटा कुखुरा वितरण गरिएको पोषण सहजकर्ता गणेश रामले जानकारी दिए । 

युनिसेफको सहयोग र पकहाँ मैनपुर गाउँपालिकाको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि तथा गाउँपालिका अध्यक्षा सुरेश मेहता, विशिष्ट अतिथि उपाध्यक्ष सर्फुन नेशा, वडा नं. ४ का वडाध्यक्ष ढेडी यादव, स्वास्थ्य संयोजक रमेश मेहता, वडा सदस्य पप्पु गिरी, पूर्व गाविस अध्यक्ष नसुरलाह मियाँ लगायतकाले सुनौलो हजारका आमाहरुलाई ती सामग्रीहरु वितरण गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:217. Generation time:5.927 sec. Memory consumption:82.5 mb