29.8 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

वीरगंजका सरकारी स्कुलमा ५ गतेसम्म बिदा थप, निजि आइतबारदेखि खुल्ने

मंगलबार संस्थागत विद्यालय पनि बन्द रहने

वीरगंज । दिनहुँ बढ्दै गइरहेको गर्मी कम नभएपछि वीरगंज महानगरपालिकाले सामूदायिक विद्यालयहरुमा थप ३ दिनका लागि विदा दिएको छ ।

यसअघि बढ्दो गर्मीका कारण बालबालिकाहरुको स्वास्थ्यमा प्रतिकुल प्रभाव परेको भन्दै सुरुमा जेष्ठ १९ गतेदेखि जेष्ठ २६ गतेसम्म र त्यसपछि जेष्ठ २८ देखि असार १ गतेसम्मका लागि बालविकास देखि कक्षा १२ सम्मको पठनपाठन हुने सबै सामुदायिक र संस्थागत विद्यालयहरु बन्द गरेको थियो ।

तर यसबीच पनि गर्मी कम नभएपछि शुक्रबार एक सूचना जारी गरेर वीरगंज महानगरपालिकाले महानगरमा रहेका सबै सामूदायिक विद्यालयहरु थप ३ दिन अर्थात अषाढ ३ गतेदेखि अषाढ ५ गतेसम्मका लागि बन्द गर्ने निर्णय गरिएको जनाएको छ ।

तापक्रम घट्नुको सट्टा झन् बढ्दो अवस्थामा रहेकाले वर्षे विदामा कट्टा हुने गरि थप ३ दिन अर्थात अषाढ ५ गतेसम्मका लागि विद्यालयहरु बन्द गर्ने निर्णय गरिएको महानगरपालिकाका शैक्षिक प्रशासन महाशाखाका अधिकृत हरि राउतले शुक्रबार जारी गरेको सूचनामा उल्लेख छ ।

संस्थागत विद्यालय भने आइतबारदेखि खुल्ने छन् । ५ गते मंगलबार गहवामाई (माईस्थान मन्दिर) रथयात्रा रहेकाले एक दिनका दिनका लागि संस्थागत विद्यालय पनि बन्द रहने छन् ।

पर्सा, बारा लगायत मध्यतराईका जिल्लाहरुमा पछिल्लो तीन सातायता गर्मी अत्याधिक बढिरहेको छ । यसक्षेत्रमा तापक्रम बढेर अधिकतम ४५ डिग्रि सेल्सियससम्म पुगेको छ । शुक्रबार वीरगंज र यसआसपासको क्षेत्रमा अधिकतम तापक्रम ४५ डिग्रि सेल्सियस मापन गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:5.012 sec. Memory consumption:82.49 mb