11 May 2025
KALIKATIMES.COM

स्वास्थ्यकर्मी संघ वीरगंजकाे प्रथम अधिवेशन सम्पन्न

वीरगंज । नेपाल स्वास्थ्यकर्मी संघ वीरगंज महानगरपालिकाकाे प्रथम अधिवेशन सम्पन्न भएको छ । नेपाल ट्रेड युनियन कांग्रेससंग आवद्ध रहेको नेपाल स्वास्थ्यकर्मी संघकाे अधिवेशनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुकाे सपथ ग्रहण तथा प्रमाण पत्र वितरण कार्यक्रम शुक्रबार सम्पन्न भएकाे हाे ।

उक्त कार्यक्रमको प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले प्रमाणपत्र वितरण गरेका थिए । सपथ ग्रहण तथा सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उपप्रमुख आलमले स्वास्थ क्षेत्रमा खटिएका स्वास्थ्यकर्मीहरु भगवानको दोस्रो रुप मानिने गरेकाे वताए ।

स्वास्थ्यकर्मीहरुको कदर गरि उचित मुल्यांकन हुनु आवश्यक रहेकाे वताउँदै उनले आउने दिनमा म संग हुने सहयोग गर्ने प्रतिबद्धता जनाए । 

नेपाल स्वास्थ्यकर्मी संघ जिल्ला कार्य समिति पर्साका अध्यक्ष श्रीजना चौधरीकाे अध्यक्षतामा भएकाे कार्यक्रममा नेपाली कांग्रेस पर्सा प्रदेश सभा क्षेत्र नम्बर १ को २ को सभापति अनिल सिंह, ट्रेड युनियन पर्साका जिल्ला सभापति छाेटेलाल साह, नेपाली कांग्रेसका पोखरीया नगरपालिकाका नगर सचीव धर्मराज यादव, उप प्रमुखका प्रेस सल्लाहकार महमद सदाब लगायतकाे सहभागिता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.188 sec. Memory consumption:82.49 mb