वीरगंज । पर्साकाे पकहाँ मैनपुर गाउँपालिका वडा नं. ४ लहावरथकरीमा वडा स्तरिय अभिमुखिकरण र पाेषण मैत्री नमुना मुसहर बस्ती वा वडा घाेषणाकाे लागि कार्ययाेजना निर्माण सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएकाे छ ।
सबैकाे लागि पाेषण र सधैका लागि पाेषण नाराकाे साथ बहुक्षेत्रिय पाेषण याेजना कार्यक्रम अन्तर्गत भएकाे पकहाँ मैनपुर गाउँपालिकाकाे आयाेजनामा भएकाे कार्यक्रमकाे सहजिकरण पाेष्ण सहजकर्ता गणेश राम, संजय कुमार, रामदेव साह लगायतले गरेका थिए ।
वडाध्यक्ष ढेडी यादवकाे अध्यक्षता र उपाध्यक्ष सर्फुन नेसाकाे प्रमुख आतिथ्यतामा भएकाे कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत राज कुशवाहा, कार्यपालिका सदस्य लालपरी देवी, वडा सदस्य पप्पु गिरी, इद्रिस मियाँ र संजु देवी लगायतकाे सहभागिता रहेकाे थियाे ।
प्रतिक्रिया लेख्नुहोस