KALIKATIMES.COM

मेयर सिंहद्वारा सरसफाई सम्बन्धी सीपमुलक तालिमको उद्घाटन

फोहोरलाई मोहर बनाउनुपर्नेमा जोड


वीरगंज । वीरगंज महानगरस्तरीय सरसफाई सम्बन्धी सीपमुलक तालिम तथा गोष्ठी सुरु भएको छ । महानगरपालिकाको सहयोगमा नेशनल इम्प्लोयमेन्ट डेभलपमेन्ट सेन्टर प्रा.ली.ले आठ दिने तालिमको आयोजना गरेको हो ।

सरसफाई सम्बन्धी सचेतना फैलाउनुका साथै फोहोरको उचित व्यवस्थापन गरी फोहोरबाट मोहर बनाउने किसिमका सीप सिकाउने अभिप्रायका साथ तालिमको आयोजना गरिएको महानगर प्रमुख राजेशमान सिंहले बताए ।

वीरगंज महानगरलाई सफा र सुन्दर शहर बनाउने महानगरको अभियानलाई सफल बनाउनका लागि फोहोरको सही व्यवस्थापन गर्न सबै सचेत हुनुपर्ने आवश्यक्ता उनले औँल्याए । सरसफाईको क्षेत्रमा परिवर्तन भएपनि पर्याप्त नभएको बताउँदै महानगरले प्राथमिकताका साथ काम गरीरहेको पनि उनले जानकारी गराए ।

अहिलेसम्म भएको कामले आफू सन्तुष्ट नभएको बताउँदै उनले गल्लीगल्लीका सडक एवम् नालाहरुलाई आफ्नै कार्यकालमा पूर्ण रुपमा सफा बनाउने दृढता देखाएका छन् । तालिमले फोहोरबाट मोहर बनाउन सहयोग पुग्ने उनको विश्वास छ ।

वीरगंज महानगरपालिका वडा नम्बर ११ का वडाध्यक्ष अजय कुमार बरैले सफा र सुन्दर बनाउने अभियानमा साथ दिन सबैलाई आग्रह गरेका छन् । सबै वडाअध्यक्षहरु सक्रिय भएर आआफ्नो वडालाई सफा बनाएमा महानगर आफै सफा बन्ने बरैको विश्वास छ ।

तालिममा सहभागीहरुलाई नरेश जैसवालले प्रशिक्षक दिइरहेका छन् । तालिमको सहजीकरण आयोजक संस्थाका कार्यक्रम संयोजक सन्दीप तिवारीले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:2.501 sec. Memory consumption:69.92 mb
Send this to a friend