KALIKATIMES.COM

नागरिकता विधेयक प्रमाणीकरण भएपछि सांसद यादवद्वारा खुसी व्यक्त

वीरगंज । जनता समाजवादी पार्टी (जसपा) का प्रमुख सचेतक प्रदीप यादवले नागरिकता विधेयक प्रमाणीकरण गरेकोमा राष्ट्रपति रामचन्द्र पौडेलप्रति आभार व्याक्त गरेका छन् ।

यसअघिकी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले दुई/दुई पटक अस्वीकृत गरेको नागरिकता विधेयक बुधबार राष्ट्रपति पौडेलले प्रमाणीकरण गरेपछि पर्सा क्षेत्र नम्बर १ का प्रतिनिधी सभा सदस्य (सांसद) समेत रहेका यादवले राष्ट्रपति पौडेललाई धन्यवाद दिएका हुन् ।

राष्ट्रपतिलाई धन्यवाद दिँदै यादवले सामाजिक सञ्जाल फेसबूकमा लेखेका छन् ,‘निरन्तर पहल र लामो सङ्घर्ष पश्चात आज अन्ततः सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेलज्यूले नागरिकता विधेयक प्रमाणीकरण गर्नुभएको छ । विधेयक प्रमाणीकरण गर्नुहुने सम्माननीय राष्ट्रपतिज्यूसहित सङ्घर्षमा सहयोग गर्नुभएका सबै प्रति आभार व्यक्त गर्दछु ।’

लाखौँ नागरिकताविहिन युवाहरुको आवाज बनेर आफूले सदन र सडक मार्फत उठाउँदै आएको माग आज बुधबार पूरा हुँदा आफू निक्कै हर्षित भएको उल्लेख गर्दै यादवले खुसी व्यक्ति गरेका छन् ।

संविधानमा उल्लेख भएअनुसार राष्ट्रपति पौडेलबाट नागरिकता विधेयक प्रमाणीकरण भएसँगै लाखौँ युवाहरुले नागरिकता प्राप्त गर्दै एउटा सुनौली भविष्य तर्फको आफ्नो यात्रा अगाडि बढाउँने यादवको विश्वास छ ।

पूर्व वन तथा वातावरणमन्त्री समेत रहेका यादवले सदन र सडक मार्फत निरन्तर नागरिकताको विषयलाई उठाउँदै आएका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:2.930 sec. Memory consumption:70.27 mb
Send this to a friend