KALIKATIMES.COM

महोत्तरीमा एनएमबी बैंकबाट हतियारधारीले दिउँसै लुटे ३५ लाख

वीरगंज । महोत्तरीको महोत्तरी गाउँपालिकास्थित एनएमबी बैंकको शाखाबाट ३५ लाख रुपैयाँ लुटिएको छ । मंगलबार दिउँसो साढे १२ बजेको करिबमा महोत्तरी गाउँपालिका- २ स्‍थित बैंकको शाखामा प्रवेश गर्दै हतियारधारी समूहले लुटपाट गरेका हुन् ।

बन्दुक देखाएर बैंकमा प्रवेश गरेको समूहले ३५ लाख रुपैयाँ लुटेर लागेको बैंकले प्रारम्भिक जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवम् प्रहरी नायव उपरीक्षक (डिएसपी) दिलिपकुमार गिरीका अनुसार चार जना अज्ञात समूहले बैंकमा प्रवेश गरेर बन्दुक देखाउँदै लुटपाट गरेका हुन् । उनीहरुले लुटपाट गरिरहेको बैंकको सीसीटिभी फूटेज  पनि सार्वजनिक भएको छ । 

लुटेराहरुले मुखमा मास्कले छोपेको कारण उनीहरुको पहिचान गर्न कठिनाइ भइरहेको प्रहरीको भनाई छ ।  ‘हतियारसहित आएका चार जना व्यक्तिहरूले लुटेर फरार भएका छन् । अनुसन्धान गर्न हामी घटनास्थलमै छौं,’ उनले भने ।

प्रहरीले उनीहरुको खोजीलाई तीव्र बनाएको छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:189. Generation time:3.215 sec. Memory consumption:70.27 mb
Send this to a friend