34.1 C
Birgunj
24 May 2025
KALIKATIMES.COM

बहिरा विद्यार्थीका लागि यात्रुवाहक बसको व्यवस्था महानगरले गर्ने

वीरगंज । वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बहिरा विद्यार्थीका लागि आउजाउ गर्न यात्रुवाहक बसको व्यवस्था मिलाउने बताएका छन् ।

वीरगंजमा मंगलबारदेखि सुरु सरोकारवालाहरुका लागि १० दिने आधारभुत सांकेतिक भाषा तालिमको उद्घाटन गर्दै उनले बहिरा विद्यार्थीहरुको आवागमन सहज बनाउन यातायातको प्रबन्ध मिलाउने बताए ।

महानगर क्षेत्रमा २ सय जना बहिरा विद्यार्थी रहेको भन्दै उनले उनीहरुको शिक्षाको प्रबन्ध महानगरले गरिरहेको पनि बताए ।
अहिले पठन पाठन भइरहेको स्थानबाट सारेर अर्को स्थानमा सुविधासम्पन्न विद्यालय बनाउने काम अघि बढाइएको भन्दै उनले बहिरा बालबालिकाहरूको उज्ज्वल भविष्यको लागि सबै एक जुट भएर काम गर्नुपर्ने बताए ।

बहिराहरुको विचार भावना बुझ्न सकियोस भनेरै महानगरले सांकेतिक भाषाको तालिमका लागि सहयोग गरेको पनि उनले बताए ।
तालिममा १५ जना महिला पुरुषको सहभागिता रहेको छ ।

पर्सा बहिरा संघकी उपाध्यक्ष समिक्षा सापकोटाको सभापतित्वमा सम्पन्न उद्घाटन कार्यक्रममा महानगरका शिक्षा महाशाखा प्रमुख अरविन्दलाल कर्ण, बहिरा संघ पर्साका अध्यक्ष सगुन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको सहजिकरण अर्चना कर्णले गरेकी थिइन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

नेकपा एस पर्सा जिल्ला कमिटीकाे बैठक सम्पन्न, साह र पटेल निलम्बित

कालिका टाईम्स

सहकारी क्षेत्रका समसामयिक समस्या तथा समाधान विषयक अन्तक्रिया

कालिका टाईम्स

वीरगंजको भोजपुरी प्रतिष्ठानद्वारा ‘आपन भाषा आपन पहचान’ अभियान सञ्चालन

कालिका टाईम्स
SQL requests:214. Generation time:5.306 sec. Memory consumption:82.46 mb