31.5 C
Birgunj
16 July 2024
KALIKATIMES.COM

बिन्दबासिनी गाउँपालिकाद्वारा विद्यालयलाई कम्प्युटर प्रदान

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाले एक सामुदायिक विद्यालयलाई कम्प्युटर उपलब्ध गराएकाे छ । गाउँपालिकाकाे वडा नं. ३ झाैवामा रहेकाे श्री राम स्वरूप रामपृत चाैरसिया माध्यमिक बिधालयलाई मंगलबार गाउँपालिकाले १२ थान कम्प्युटर उपलब्ध गराएकाे हाे ।

विद्यालय मै पुगेर गाउँपालिका अध्यक्ष प्रमाेद तिवारी र प्रमुख प्रशासकिय अधिकृत राजु साहले विद्यालयका प्रधानाध्यापक रामचन्द्र महताेलाई साे कम्प्युटर हस्तान्तर गरेका हुन् । 

विद्यालयमा अध्ययनरत छात्र/छात्राकाे प्राबिधिक ज्ञानलाई मध्य नजर गर्दै कम्प्युटर उपलब्ध गराइएकाे गाउँपालिका अध्यक्ष तिवारीले बताए  । उनले आफ्नाे कार्यकालमा बिन्दवासिनी गाउँपालिकाकाे शिक्षा क्षेत्रलाई आधुनिकिकरण गरि सम्पुर्ण विद्यार्थीकाे पहुँच सम्म प्राबिधिक शिक्षा पुर्याउँने आफ्नाे लक्ष्य रहेकाे बताए ।

प्रमुख प्रशासकिय अधिकृत साहले आफै विद्यालयमा कम्प्युटर सेटप गर्दै चलाएर समेत देखेका थिए । उनले गाउँपालिकाले आवश्यकता अनुसार सधै बिद्यालय तथा विद्यार्थीकाे हक हितका लागि हर सम्भव सहयाेग गर्ने बताए ।

साे अवसरमा नेपाल शिक्षक संघका अध्यक्ष नन्दु कुमार प्रसाद यादव, शिक्षकहरू सँजय सर्राफ, सुकदेव प्रसाद चाैरसिया, शिव कुमार कलवार, अमाेद दास तत्वा, प्रमाेद चाैहान, बिनाेद चाैरसिया, धनिलाल दास तत्वा, अरबिन्द ठाकुर, अनुपा पटेल, मुकलेश गद्दी, संजय गुप्ता लगायतकाे उपस्थिति रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

करेन्ट लागेर विद्युत कर्मचारीको मृत्यु

कालिका टाईम्स

भलुहीमा भएकाे बस दुर्घटनामा १७ जना घाइते

कालिका टाईम्स

नदीमा पौडी खेल्ने क्रममा बेपत्ता बालकको शव भेटियाे

कालिका टाईम्स
Comments
SQL requests:203. Generation time:4.241 sec. Memory consumption:79.76 mb