32.4 C
Birgunj
15 May 2025
KALIKATIMES.COM

उपनिर्वाचन जितेर सांसद बनेका उपेन्द्र यादवले लिए शपथ

वीरगंज । बारा क्षेत्र नं. २ काे उपनिर्वाचनबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले मंगलबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उनलाई सभामुख देवराज घिमिरेले शपथ खुवाएका हुन् ।

यही वैशाख १० गते भएको उपनिर्वाचनमा यादव जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई हराउँदै विजयी भएका थिए ।

वैशाख १० गतेकै उपनिर्वाचनमा चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित रास्वपा सभापति रवि लामिछाने र तनहुँ क्षेत्र नम्बर १ बाट निर्वाचित डा. स्वर्णिम वाग्लेले भने गत शुक्रबार नै शपथ ग्रहण गरिसकेका थिए । यादव काठमाडौं उपत्यका बाहिर रहेकाले सो दिन उनको शपथ ग्रहण हुन सकेको थिएन ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

धाेबिनीमा आगलागी, एक घर र १२ वटा बाख्रा जल्याे

कालिका टाईम्स

जगरनाथपुर ५ मा नवनिर्मित वडा कार्यालय भवनकाे उद्घाटन

कालिका टाईम्स

वीरगंज महानगर प्रहरीद्वारा आदर्शनगर रंगशालामा वृक्षारोपण, हरियाली प्रवर्द्धनमा जोड

कालिका टाईम्स
SQL requests:215. Generation time:5.977 sec. Memory consumption:82.47 mb