KALIKATIMES.COM

अन्तर-बैङ्क क्रिकेट प्रतियोगिताकाे उपाधि नबिल बैङ्कले जित्याे

वीरगंज । नेपाल राष्ट्र बैङ्ककाे ६८ औं वार्षिकोत्सवको अवसरमा नेपाल राष्ट्र बैङ्क वीरगंज कार्यालयले आयाेजना गरेको अन्तर – बैङ्क क्रिकेट प्रतियोगिता २०८० काे उपाधि नबिल बैङ्कले जितेकाे छ ।

वीरगंजस्थित आदर्शनगर रंगशालामा आइतबार भएको प्रतियाेगिताकाे फाइनल खेलमा हिमालयन बैङ्कलाई २० रनले हराउँदै नबिल बैङ्क विजयी भएकाे हाे । विजेता र उप-विजेता टिमलाई नेपाल राष्ट्र बैङ्कका निर्देशक अजित रेग्मी र उप-निर्देशक रचना शर्मा पराजुलीले पुस्कृत गरेका थिए ।

नेपाल राष्ट्र बैङ्क लगायत अन्य २२ वटा बैङ्क तथा वित्तीय संस्थाहरूको सहभागिता रहेको उक्त प्रतियोगिताको उत्कृष्ट ब्याट्सम्यान हिमालयन बैङ्कका अरविन्द यादव, उत्कृष्ट बलर नबिल बैङ्कका रोशन मिश्रा, उत्कृष्ट फिल्डर माछापुच्छ्रे बैङ्कका किरण नेपाल र उत्कृष्ट महिला खेलाडी राष्ट्र बैङ्कका इशा भुजेल घाेषित भएका थिए ।

नेपाल राष्ट्र बैङ्कका सहायक निर्देशक नरेश सर्राफ उक्त प्रतियोगिताको संयोजक थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

जसपा पर्सामा विवाद : समानान्तर जिल्ला समिति गठन

कालिका टाईम्स

विल बिजक संकास्पद देखिएको मालवाहक ट्रक प्रहरीले राअका बझायाे

कालिका टाईम्स

सानो पाइला सहकारीका १३ जनाविरुद्ध पक्राउ पुर्जी जारी

कालिका टाईम्स
Comments
Share via
Share this
SQL requests:185. Generation time:3.075 sec. Memory consumption:69.96 mb
Send this to a friend