42.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

परिवर्तन नेपाल फाउन्डेसनकाे कार्यालय उदघाटन

वीरगंज । समाजिक संस्था परिवर्तन नेपाल फाउन्डेसनले आजदेखि आफ्नाे कार्यालय संचालनमा ल्याएकाे छ । वीरगंजकाे माइस्थान नजिक दुई नम्बर राेडमा संचालनमा आएकाे कार्यालयकाे साेमबार एक कार्यक्रमकाे बिच उदघाटन गरिएकाे हाे ।

कार्यक्रमका प्रमुख अतिथी जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी नायब उपरिक्षक निर्मल बुढाथाेकीले कार्यालयकाे उदघाटन गरेका हुन् ।

संस्थका अध्यक्ष रणधिर वर्णवालकाे अध्यक्षतामा भएकाे उदघाटन कार्यक्रममा भारत रक्सौलका इन्सपेक्टर मनोज शर्मा, सब इन्सपेक्टर अनिल शर्मा सहित बिभिन्न संघ/संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुकाे उपस्थिति रहेकाे‍ थियो ।

यस अघि संस्थाका पदाधिकारी तथा सदस्यहरुले कार्यालयकाे पुजापाठ गरेका थिए । समाजिक कार्यमा सक्रिय रहेकाे संस्थाकाे काम काज व्यवस्थित गर्न कार्यालय संचालनमा ल्याइएकाे संस्थाका सचिव बिशेष साहले वताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:7.452 sec. Memory consumption:82.75 mb