36.7 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

व्यावहारिक शिक्षण सम्बन्धी तालिम सम्पन्न

वीरगंज । लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुलद्वारा आयोजित ३ दिने व्यावहारिक शिक्षण सम्बन्धी तालिम सम्पन्न भएको छ । पूर्व प्राथमिक र प्राथमिक तहको पठनपाठन पुस्तक भन्दा पनि सामग्रीमा आधारित हुनुपर्छ भन्ने अभिप्रायका साथ आयोजना गरिएको तालिम बिहिवार सम्पन्न भएको हो ।

मङ्गलवारदेखि सुरु भएको सामग्रीमा आधारित शिक्षण तालिम लिटिल बड्ठी इन्टरनेशनल प्रिस्कुल वीरगंजका प्रबन्ध निर्देशक बिजय कुमार बलको अध्यक्षतामा सम्पन्न भएको हो ।

तालिमको समापन कार्यक्रमलाई सम्बोधन गर्दै प्याब्सन पर्साका प्रवक्ता अशोक संग्रौलाले शिक्षकहरुको क्षमता अभिवृद्धिका लागि यस्ता तालिमहरु जरुरी रहेको बताए । पूर्व प्राथमिक तहका बालबालिकालाई पनि कापी कलम लिएर घोकाएर पढाउने प्रवृतिले शिक्षाको विकास नहुने हुँदा संग्रौलाले सिकाईमुलक शिक्षामा जोड दिनुपर्ने आवश्यक्ता औँल्याए ।

वीरगंज युवा समाजका संस्थापक अध्यक्ष कमल चौगाईले बालबालिकाहरुलाई खेलाउँदै सिकाउँदै गर्नका लागि शिक्षकहरु पनि तालिम लिनुपर्ने बताए । अरु विद्यालयले पनि यस्ता तालिम आयोजना गर्नुपर्ने चौगाईको भनाई छ ।

तालिमको समापन समारोहमा प्याब्सन पर्साका सचिव राहुल श्रीवास्तव, प्याब्सन वीरगंज महानगरका कोषाध्यक्ष सुरज बाबु पटेल, प्रकाश कर्ण लगायतको उपस्थिती रहेको थियो । तालिमको समापन समारोहको सहजीकरण लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुल वीरगंज एकेडेमीकी प्रमुख एञ्जीला क्षेत्रीले गरेकी थिइन् ।

तालिममा लिटिल बड्डी इन्टरनेशनल प्रिस्कुल, माउण्ट मकालु मावि, साउथ जोन मावि, मिनिल्याण्ड मावि, डल्फिन एकेडेमी लगायतका विद्यालयका ३० जना शिक्षकहरु तालिममा सहभागीता रहेको थियो । सहभागीहरुलाई व्यावहारिक एवम् सामग्रीमा आधारित शिक्षणका सम्बन्धमा झापाकी पूजा संग्रौला मरासिनीले प्रशिक्षण दिएकी थिइन्

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.018 sec. Memory consumption:82.5 mb