वीरगंज । काठमाडौं वल्ड स्कुलकाे आयाेजनामा शुक्रबार वीरगंजमा शैक्षिक कार्यक्रम सम्पन्न भएकाे छ ।
वीरगंजको आदर्शनगरस्थित होटल लड्स दियालोमा भएकाे कार्यक्रमलाई सम्बाेधन गर्दै मधेश विश्वविद्यालयका उपकुलपति एवंं वीरगंज पब्लिक कलेजका निर्देशक डा. दिपक शाक्यले पढ़ाई र सिकाईको लागि कक्षाकोठा भित्रको सिकाइ मात्र पर्याप्त नहुने वताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका डा. शाक्यले अन्य व्यक्तित्व विकास, क्षमता विकास र प्रयोगात्मक अभ्यासलाई समेत अघि बढाउनुपर्ने जोड दिए ।
कार्यक्रममा काठमाडाैं वल्ड स्कुलका प्रमुख इन्जिनियर डा. मिथिलेश कुमार झा तथा प्रिन्सिपल केशर बहादुर खुलालले छोटो समयमा नै आफ्नो छुट्टै पहिचान बनाउन सफल यस स्कुलले आधुनिक, वैज्ञानिक र प्रविधियुक्त शिक्षण पद्धति अपनाइ छात्र/ छात्रालाई उच्चकोटिको शिक्षा दिन विशेष कक्षाहरु संचालन गरेको बताए ।
कार्यक्रममा प्राविधिक तथा जीवनपयोगी शिक्षाका विषयमा खुल्ला संवाद सँगै किन काठमाडौ वल्ड स्कुल बालबालिकालाई पढाउने भन्ने बारे आफनो तर्क दिएका थिए ।
सो कार्यक्रममा नेपाली काँग्रेसकी नेतृ रम्भा मिश्रा, युवा नेता ओमप्रकाश सर्राफ लगायतकाे सहभागीता रहेको थियो भने कार्यक्रमकाे संचालन पत्रकार माधुरी महताेले गरेकी थिइन ।