32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

उपराष्ट्रपति यादवलाई गृह जिल्ला बारामा भव्य स्वागत

कलैया । उपराष्ट्रपति रामसहायप्रसाद यादवको गृह जिल्ला बारामा आज भव्य स्वागत गरिएको छ । उपराष्ट्रपति भएपछि उहाँ पहिलो पटक गृहजिल्ला आउनुहुँदा उहाँलाई सिमरा विमानस्थलमा भव्य स्वागत गरिएको हो ।

सिमरा विमानस्थलमा उपराष्ट्रपति यादवलाई मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादव, जसपाका मधेस प्रदेश अध्यक्ष रामबाबुकुमार यादव, नेपाली कांग्रेस मधेस प्रदेशका उपसभापति चन्द्रशेखरकुमार यादव, प्रदेश सरकाका अर्थमन्त्री सञ्जय यादव, संविधानसभा सदस्य प्रमोद गुप्ता, पूर्व मन्त्री, सङ्घीय सांसद, प्रदेशसभा सदस्य, सुरक्षा निकायका प्रमुखलगायतकाले स्वागत गर्नुभएको थियो ।

उपराष्ट्रपति यादवलाई स्वागत गर्न सर्वसाधारणको समेत उल्लेख्य सहभागिता रहेको थियो । दुई दिनको बसाइमा उहाँ जिल्लाको विभिन्न ठाउँमा आयोजना गरिने स्वागत तथा सम्मान कार्यक्रममा सहभागी हुनुहुने निमित प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद अचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:7.234 sec. Memory consumption:82.76 mb