25.9 C
Birgunj
18 May 2025
KALIKATIMES.COM

प्रतियोगिताले दुबै देशको सम्बन्ध मजबुत बनाउँछ : मेयर सिंह

वीरगंज । वीरगंजकाे आदर्शनगर रंगशालामा आजदेखि नेपाल भारत मैत्री पुरुष महिला क्रिकेट प्रतियोगिता सुरु भएको छ ।प्रतियोगिताको वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले उद्घाटन गरेका थिए ।

प्रतियोगिताको उद्घाटन गर्दै उनले नेपाल भारत बीचको सम्बन्ध अझै प्रगाढ बनाउन खेलले महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । खेलमा हारजित सामान्य भएको भन्दै उनले अनुशासित भएर खेल प्रदर्शन गर्न खेलाडीहरुलाई आग्रह पनि गरे ।

आउँदो चैत ४ गतेसम्म चल्ने प्रतियोगितामा नेपाल र भारतका विभिन्न ९ वटा महिला पुरुष टिमको सहभागिता रहेको आयोजक पशुपति आदर्श क्लबका अध्यक्ष सन्तोष कुमार गुप्ताले जानकारी दिए ।

प्रतियोगितामा सहभागी हुन भारतको झारखण्ड, राजस्थान, युपी र जम्मु कश्मीरको टिम वीरगंज आएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सा ‘पूर्ण खोप सुनिश्चितता तथा दीगोपना जिल्ला’ घोषणा

कालिका टाईम्स

वीरगंजमा मारवाडी प्रिमियर लिगको दोस्रो संस्करण शुरु

कालिका टाईम्स

उपेन्द्र यादव भन्छन्ः “उत्पीडन, विभेद र असमानताको अन्त्यका लागि हामी संयुक्त संघर्षमा उत्रिएका हौं“

कालिका टाईम्स
SQL requests:216. Generation time:7.743 sec. Memory consumption:82.48 mb