32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

पर्सामा स्कारपियोकाे ठक्करबाट एक विद्यार्थीकाे ज्यान गयाे

वीरगंज । पर्साकाे ठाेरीमा स्कारपियोकाे ठक्करबाट एक विद्यार्थीकाे मृत्यु भएकाे छ । कोचिङ्ग पढ‍ेर घर फर्किने क्रममा ठोरीबाट वीरगञ्ज तर्फ आउदै गरेको स्कारपियोकाे ठक्करबाट ठोरी गाउँपालिका वडा नं.४ विजयवस्ती निवासी १३ बर्षिय विश्वास श्रेष्ठकाे मृत्यु भएकाे प्रहरीले जनाएकाे छ  

जिल्ला पर्सा ठोरी गाउँपालिका वडा नं.४ विजयवस्ती स्थित हुलाकी सडक खण्डमा मंगलबार विहान ०८:३० बजेको समयमा नम्बर एकिन नभएको सेतो रंगको स्कारपियो गाडीले ठक्कर दिदा श्रेष्ठको टाउको र शरीरमा गम्भिर चोट लागेर घाइते भएका थिए ।

घटनाकाे जानकारी प्राप्त हुन साथ प्रहरी चौकी विजयवस्ती पर्साबाट खटिएको प्रहरी टोलीले गम्भीर घाइते श्रेष्ठलाई उपचारार्थ तराइ अस्पताल वीरगंजमा ल्याई भर्ना गरेकाे थियाे । उपचार हुँदाहुँदै मंगलबार विहान १०:१५ बजे मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

प्रहरी चौकी सिर्सियाबाट खटिएको प्रहरी टोलीले दुर्घटना पश्चात फरार रहेको बाग्मती प्रदेश – ०१-०२७ च ०३०३ नम्बरकाे स्कार्पियाे गाडी र चालक जिल्ला चितवन माडी ३ बस्ने वर्ष २५ को पदम बिलास पन्त वतनकालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

यसका साथै मृतक लासको लास जाँच प्रकृति मुचुल्का, घटनास्थल प्रकृति मुचुल्का र ट्राफिक स्केच लगायतका कार्यहरू समपन्न गरी थप अनुसन्धान भैरहेको उनले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:220. Generation time:9.062 sec. Memory consumption:82.76 mb