37.5 C
Birgunj
12 May 2025
KALIKATIMES.COM

प्रतिनिधि सभाको सभामुखमा एमालेका देवराज घिमिरे निर्वाचित

काठमाडौं । प्रतिनिधि सभाको सभामुखमा देवराज घिमिरे निर्वाचित भएका छन् । बिहीबारको प्रतिनिधि सभा बैठकमा एमाले सांसद सुवास नेम्वाङले घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्ताव राखेका थिए । सो प्रस्तावमाथि छलफल र निर्वाचन भएपछि घिमिरे निर्वाचित भएका हुन् ।

घिमिरेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावको पक्षमा १६७ मत परेको थियो । उनको विपक्षमा १०० मत परेको थियो । मत दिन्नँ भन्नेमा १ मत परेको थियो । मतदानमा उपस्थित सांसदको संख्या २६८ रहेको थियो ।

उम्मेदवारी दर्ताको पहिलो क्रममै रहेका घिमिरे निर्वाचित भएपछि अर्की उम्मेदवार ईश्वरी न्यौपानेलाई निर्वाचित गरियोस् भन्ने प्रस्तावमाथि मतदान गर्नुपरेन् ।

ज्येष्ठ सदस्यका रुपमा सभा सञ्चालन गरिरहेका पशुपति शमशेर जबराले घिमिरे सभामुखमा निर्वाचित भएको घोषणा गरेका हुन् ।

एमालेका स्थायी कमिटी सदस्य समेत रहेका घिमिरे मंसिर ४ को निर्वाचनमा झापा-२ बाट निर्वाचित भएका थिए । उम्मेदवारी दर्तापछि दिएको प्रतिक्रियामा उनले विगतका सभामुखबाट शिक्षा लिएर आफूले जिम्मेवारी निर्वाह गर्ने बताएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.853 sec. Memory consumption:82.45 mb