42.8 C
Birgunj
14 May 2025
KALIKATIMES.COM

जिराभवानीमा दुई दाजुभाईलाई निर्घात कुटपिट, ३ जना पक्राउ

वीरगंज । पर्साकाे जिराभवानी गाउँपालिकामा एक जनालाई निर्घात कुटपिट भएकाे छ । बाटाे अवरुद्ध गरेको बिषयलाई लिएर जिराभवानी गाउँपालिकाकाे वडा नं.१ महादेवपट्टी निवासी दुई दाजुभाईलाई कुटपिट गरेकाे आराेपमा प्रहरीले ३ जनालाई नियन्त्रणमा समेत लिएकाे छ ।

प्रहरीले जिराभवानी गाउँपालिका नं.१ महादेवपट्टी निवासी ४५ बर्षिय हिरालाल मुखिया विन, साेही ठाउँ निवासी २१ बर्षिय विनोद मुखिया विन र १९ बर्षिय ललन मुखिया विनलाई पक्राउ गरेकाे हाे । 

साेमबार राती ११:४५ बजेको समयमा जिराभवानी गाउँपालिका वडा नं. १ महादेवपट्टी बस्ने वर्ष ३२ को कैलाश दास तत्वालाई निजकै छिमेकीहरूले बाटो अवरुद्ध गरेको बिषयलाई लिएर ११ जना एकजुट भई कैलाश दास तत्वा तथा निजको भाई प्रभु प्रमेश्वर दास तत्वालाई निर्घात कुटपिट गरेकाे प्रहरीले जनाएकाे छ ।

तत्वा दाजुभाईलाई घरेलु हतियार तथा लाठ्ठी भाठ्ठाले निर्घात कुटपिट गरी ज्यान मार्ने उदेश्यले गम्भीर घाईते बनाइ फाली फरार भएको हुँदा ज्यान मार्ने उद्योग कसूरमा कारवाही र सजाय गरी पाँउ भनी कैलाश दास तत्वाको किटानी जाहेरी दरखास्त आधारमा प्रकाउ गरिएकाे जिल्ला प्रहरीले जनाएकाे छ ।

वारदातमा संलग्न भएका अभियुक्तहरूको खोज तलासको क्रममा मंगलबार विहान पक्राउ परेका तीनै जना अभियुक्तहरू ज्यान मार्ने उद्योग कसूरमा मंगलबार नै पर्सा जिल्ला अदालतबाट ५ दिनकाे म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेकाे जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले जानकारी दिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

दाइजोको डरले बालकैमा बिहे, दाइजोविरुद्धका अभियानले नछोएको समाज

न्युज डेस्क

लिटिल बड्डी प्रीस्कूलद्वारा नारायणी अस्पतालका दुई नर्स सम्मानित

न्युज डेस्क

कलैया उपमहानगरपालिका ‘पूर्ण खोप सुनिश्चितता’ भएको पालिका घोषणा

न्युज डेस्क
SQL requests:215. Generation time:4.806 sec. Memory consumption:82.47 mb