12 May 2025
KALIKATIMES.COM

उखु उत्पादनमा यस बर्ष कमि, उत्पादन भएकाे उखु पनि समय मै बिक्री भएन

आनन्द पटेल /
परवानीपुर । नगदे बालीको रुपमा चिनिएको ‘उखु’ खेतीको उत्पादनमा यसपाली कमी आएको छ । बारा,पर्सा, रौतहत लगायतका मधेश प्रदेशमा किशानहरुले धेरै मात्रामा उखु खेती गरे पनि उखुमा किरा लागेको कारण उत्पादनमा कमी आएको उखु किशान साम महमद अंसारीले बताए ।

उनको अनुसार यसपाली खेतमै किरा लागेको कारण आफुहरुको वर्षौ देखीको मिहिनेत खेर गएको र बचेको उखु बारा जील्ला स्थित रिलायन्स सुगर मिल्समा लगेर बच्ने तयारी गरेको बताए । गत वर्षको तुल्नामा यसपाली उखु उत्पादनमा कमी आएको र उखु काटी सकेपछी आफुहरु मिलमा १० दिनदेखी उखु बेच्नका लागि आफनो पालो कुरेर बसेको अर्का किसान विश्वनाथ पटेलले बताए ।

किराले बालीमा ठुलो नोक्सानी गरेको र यसपाली आफुहरुको लगानी समेत डुब्ने अवस्था रहेकोले सरकार र मिलसंग क्षती पूत्तीको लागी बारमबार आवाज उठाए पनि त्यसको कुनै सुनुवाई नभएको किसान पटेलले बताए । बारा र पर्सामा गरी रिलायन्स मिल एकमात्र मिल रहेको कारण आफुहरु यस मिलमा वर्षौदेखी उखु बेच्दै आएको किसानहरुले बताएका छन । तर मुख्य कुरा के छ भने उखु मिलले लिए पनि नेपाल सरकारद्वारा मूल्य र्निधारण नहुँदा मिलले उखु कतिमा लिएको हो भन्ने यसको यकिन हुन नसकेको किसानहरु बताउँछन ।

गत वर्ष प्रति क्विन्टल ५९० रुपैयामा उखु बिक्री गरे पनि यसपाली सवारी भाडा र कामदारहरुको मुल्यमा वृद्धी भएकोले आफुहरुको उखु पनि गत वर्षको तुल्नामा यसपाली बढी मूल्यमा बिक्री हुनु पर्ने किसानहरुको माग रहेको छ । किसानहरु उखु बेच्नका लागि २ हप्तादेखी उखु मिलमा ल्याए पनि समयमै उखु नलिदां आफुहरु झन मर्कामा परेको दुःखेसो पोखेका छन ।

भाडामा ल्याईएका टयाक्टर पनि १० दिनदेखी लाइनमा बस्दा त्यसको भाडा पनि बढदै गएको र आफुहरु झन मर्कामा परेको किसानहरुको भनाई छ । २ हप्ता देखी लाइनमा बस्दा पनि खान र बस्ने सुबिधा नहुदा आफुहरु टयाक्टरको मुनि बसी रात बिताउन बाध्य भएको किसानहरु बताउँछन ।

अचानक चिसो बढदा खुल्ला आकाशमै रात बिताउन किसानहरु बाध्य छन । नेपाल देश कृर्षी प्रदान देश भएपनि वर्षौ देखी यहाका किसानहरु ठुलो समस्या भोगदै आएका छन । सरकारले अहिलेसम्म किन उखुको बिक्री गर्ने मुल्य निर्धारण नगरेको त ? भन्ने प्रश्नमा कृर्षी ज्ञान केन्द्र बाराका प्रमुख जीतेन्द्र यादवको अनुसार मुल्य निर्धारण गर्ने अधिकार आफ्नो हातमा नभएको बताए ।

आफुहरुले मुल्य निर्धारणकाे लागि केन्द्रिय कार्यालयमा पठाए पनि फाईल फिर्ता आएको र फेरी पठाईएको तर अहिलेसम्म माथीबाट कुनै निर्देशन नआएकोले मूल्य निर्धारणमा समस्या भएको बताए । यसरी समयमा नै किसानहरुको मस्या समाधान नहुने हो भने बिगतका जस्तै यसपाली पनि किसानहरु ठुलो समस्यमा पर्ने निश्चित छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:7.492 sec. Memory consumption:82.46 mb