11 May 2025
KALIKATIMES.COM

विकास निर्माणकाे लागि एकताबद्ध हुनुपर्छ : सांसद रिजाल

वीरगंज । नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य (सांसद) रमेश रिजाले विकास निर्माणकाे लागि एकताबद्ध हुनु पर्ने वताएका छन् ।  ४७ औं राष्ट्रिय एकता तथा मेलमिलाप दिवसकाे अवसरमा वीरगंजमा आयाेजित चियापान कार्यक्रमलाई सम्बाेधन गर्दै सांसद रिजालले विकास निर्माणकाे सवालमा फरक विचारधार भएका राजनीतिक दलका नेताहरु पनि एक हुनु पर्ने वताएका हुन् । 

उनले आफ्नाे दल अहिले प्रतिपक्षमा भएपनि मुलुक विकासकाे लागि, मुलुककाे हितकाे लागि सरकारकाे साथमा रहने वताए । तर याे सरकार जनताकाे हित विपरित जान थाल्याे, प्रजातन्त्रकाे विपरित जान थाल्याे, संविधानकाे विपरित जान थाल्याे, संघियताकाे विपरित जान थाल्याे भने सरकारकाे विराेधमा जनमत तयार गरी परास्त गर्ने अभियानमा लाग्ने पनि चेतावनी दिए ।

कार्यक्रमका प्रमुख अतिथी समेत रहेका सांसद रिजालले नेपाली कांग्रेसकाे नेतृत्वमा सरकार बन्नु पर्ने चाहना अनकुल नभएकाेमा पनि निराश नहुन पार्टी नेता तथा कार्यकर्ताहरुलाई आग्रह गरे । उनले संगठन निर्माणमा लाग्न आग्रह समेत गरे । 

 

नेपाली कांग्रेस पर्साद्वारा आयाेजित कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य अजय चाैरसिया,नेकपा एमालेका केन्द्रिय सदस्य एवम् प्रतिनिधि सभा सदस्य प्रभु हाजरा, राप्रपाकी नेतृ एवम् प्रतिनिधि सभा सदस्य विना जयसवाल, संविधान सभा सदस्य अनिल रुंगाटा, एमालेका केन्द्रिय सदस्य अरविन्द सिंह, जसपा पर्साका अध्यक्ष रामनरेश यादव, कांग्रेस मधेश प्रदेशका महामन्त्री बृहस्पती कृष्ण श्रेष्ठ, नेता ओमप्रकाश शर्मा, नविन सिंह लगायतकाे सहभागिता रहेकाे थियाे । 

नेपाली कांग्रेस पर्साका उपसभापति रामनारायण कुर्मीकाे अध्यक्षतामा भएकाे कार्यक्रमकाे संचालन नेपाली कांग्रेस पर्साका सचिव एवम् वीरगंज महानगरपालिकाका उप मेयर इमतियाज आलमले गरेका थिए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.768 sec. Memory consumption:82.46 mb