32.9 C
Birgunj
9 May 2025
KALIKATIMES.COM

बिन्दवासिनी गापाद्वारा एमबिबिएस अध्ययन गर्नेलाई छात्रवृति प्रदान

वीरगंज । पर्साकाे बिन्दवासिनी गाउँपालिकाले एमबिबिएस अध्ययनरत एक जना छात्रलाई प्राेत्साहन स्वरुप छात्रवृति उपलब्ध गराएकाे छ । गाउँपालिकाले वडा नं.४ अमरपट्टी निवासी पवन कुमार चौरासियालाई रु ५० हजार छात्रवृति उपलब्ध गराएकाे हाे ।
 
चौरासियाले NEET परिक्षा उतिर्ण गरी भारतमा MBBS अध्ययन छात्रवृति प्राप्त गरेकोले प्राेत्साहन स्वरुप रु. ५० हजार छात्रवृति उपलब्ध गराइएको गाउँपालिका कार्यालयले जनाएकाे छ ।
 
गाउँपालिका अध्यक्ष श्री प्रमोद तिवारीले साेमबार एक कार्यक्रमका बिच चौरासियालाई छात्रवृत रकम बराबरकाे चेक हस्तान्तरण गरेका थिए । अध्यक्ष तिवारीले चाैरसियाकाे उत्तराेत्तर प्रगतिको कामना सहित उत्प्रेरणा प्रदान गर्न सानाे सहयाेग गरिएकाे वताए ।
 
यसैगरी बिन्दवासिनी गाँउपालिकाले गाउँपालिका अन्तर्गतका ३ वटा माध्यमिक विद्यालयहरुमा अतिरिक्त क्रियाकलाप संचालन गर्न /गराउँन एक/एक थान साउन्ड बक्स उपलब्ध गराएकाे छ ।
 
सो अवसरमा प्रमुख प्रशासकिय अधिकृत राजु साह, वडा नं. ३ का वडाध्यक्ष जय प्रकाश चौरासियासहित सम्बन्धित शाखा प्रमुखहरु तथा शिक्षक र अभिभावकहरुको उपस्थिति रहेको थियो ।
प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:213. Generation time:13.288 sec. Memory consumption:82.48 mb