28 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

राजश्व विभागको किर्ते स्टिकरसहित वीरगंजबाट दुई जना पक्राउ

वीरगंज । आन्तरिक राजश्व विभागको किर्ते तवरबाट तयार गरिएको स्टिकरसहित दुई जना वीरगंजबाट पक्राउ परेका छन् । बाराकाे विश्रामपुर गाउँपालिका वडा नं.५ हाल वीरगंज महानगरपालिकाकाे वडा नं.१५ त्रिशुल चोक बस्ने वर्ष २७ को मनिष कुमार साह तेली र साेही ठाउँ बस्ने वर्ष २५ को रंजन कुमार रामलाई प्रहरीले पक्राउ गरेकाे हाे ।

रक्सौलबाट वीरगञ्जतर्फ आउँदै गरेकाे दुई जनाले आन्तरिक राजश्व विभागको किर्ते तवरबाट तयार गरिएको स्टिकर लिएर आउँदै छन् भन्ने पुष १५ गते प्राप्त भएको सूचनाको आधारमा तालुक मधेश प्रदेश प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयबाट खटिएको संयुक्त प्रहरी टोलीले दुबै जनालाई पक्राउ गरेकाे थियाे ।

वीरगंज महानगरपालिका वडा नं.१६ स्थित सडकखण्डमा गोप्यरूपमा निगरानी गर्दै गरेको अवस्थामा दिउसाे ३ बजेकाे समयमा प्र.२-०३-००८ प २६६९ नम्बरको NS 200 CC को मोटरसाईकलमा वीरगञ्जतर्फ आउँदै गरेकाे दुबै जनालाई नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय पर्साले जनाएकाे छ ।

निजहरूलाई रोकी दुबै जनाकाे शरीर रीतपूर्वक खानतलासी गर्दा मनिष कुमार साहले लगाएको ज्याकेटको दाहिनेतर्फको भित्री खल्तीमा लुकाइ छिपाई राखिएको आन्तरिक राजश्व विभाग Liquor 25 up 375ml लेखिएको स्टिकर पाना-१ ३९ स्टिकर भएको छायाँकपी पाना-१ फेला परेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक दिपक गिरीले वताए ।

दुबै जनालाई माेटरसाइकल र बरामद आन्तरिक राजश्व विभागको स्टिकर सहित जिल्ला प्रहरी कार्यालयमा ल्याइ निजहरू विरुद्द लिखत सम्बन्धी कसूरमा पर्सा जिल्ला अदालतबाट ७ दिन म्याद लिइ थप अनुसन्धान भइरहेकाे प्रवक्ता गिरीले जानकारी दिए । 

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:216. Generation time:6.168 sec. Memory consumption:82.45 mb