12 May 2025
KALIKATIMES.COM

कट्टी मठकाे जग्गामा मधेश विश्वविद्यालयको शाखा राख्न माग

वीरगंज । पर्साको पकाहा मैनपुर गाउँपालिका वडा नं २ स्थित रहेको श्री राम जानकी मन्दिरको जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्न युवाहरु जागरुक भएका छन् । पत्रकार बिन्दूबुषण साहको अगुवाइ र कृष्णा कुशवाहा लगायत पाकहा मैनपुर र कालिकामाई गाउँपालिकाका शिक्षा प्रेमी, समाजसेवी लगायत युवाहरुको सहभागिता भएको भेला कट्टी मठकै जग्गामा मधेश विश्वविद्यालयको एउटा शाखा राख्न युवाहरु लागी परेका छन् ।

मधेश विश्वविद्यालयको एउटा शाखा राख्न २५ देखि ३० बिगाहा क्षेत्रफल रहेको जग्गा किन्नु भन्दा श्री राम जानकी मन्दिरको नाम रहेको २५ बिगाहामा मधेस विश्वविद्यालय बनाउन उपयुक्त भएको भन्दै युवाहरु जागरुक भएका हुन् । पकहा मैनपुर र कालिकामाई गाउँपालिका युवाहरुले मधेस विश्ववद्यालयको एउटा शाखा राख्न कट्टी मठकै जग्गा राम्रो भएको भन्दै यस क्षेत्रका सांसद राजकुमार गुप्ता, प्रदेश सभा सदस्य जनार्दन सिंह क्षेत्री र मधेश विश्ववद्यालयका उपकुलपति डा दीपक शाक्यसँग भेट गरी विश्व विद्यालयको एउटा शाखा राख्ने विषयमा उहाँहरूले आवश्यक पहल गर्ने चाहिने बेला हामी आफै उपस्थित हुने युवाहरुले बताएका छन् ।

पकहा मैनपुर गाउँपालिका वडा नं २ मा पर्ने गुठी संस्थान अन्तरगत करिब ३० बिगाहा जग्गा रहेको छ । विगतका दिनमा गाविस हुँदा पनि वीरगंज विश्व विद्यालयको लागि पनि सो जग्गामा विश्व विद्यालय बनाउनु पर्ने आवाज उठेको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.163 sec. Memory consumption:82.45 mb