36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

वीरगंजकाे विद्यालयमा छड्के अनुगमन : २ प्रअसहित ८ शिक्षकसँग स्पष्टिकरण माग

वीरगंज । वीरगंज महानगरपालिकाले सामुदायिक विद्यालयको अनुगमनलाई निरन्तरता दिएको छ । सामुदायिक विद्यालयको शिक्षा गुणस्तरीय बनाउन नगर भित्रका सबै सामुदायिक विद्यालयको अनुगमन गर्दै आवश्यक विद्यालयमा भौतिक संरचना तथा जनशक्ति उपलब्ध गराउने गरी अनुगमनलाई निरन्तरता दिएको हो ।

महानगरको शिक्षा महाशाखाले सोमबार २ वटा विद्यालयको छड्के अनुगमन गरेको छ । आदर्शनगरको बाल मन्दिर र अशोकवाटिकाको श्री पन्नालाल साह रामचरण माविको छड्के जाँच गरिएको महाशाखा प्रमुख अरविन्दलाल कर्णले जानकारी दिए ।

पन्नालाल मावि निर्धारित समयभन्दा अगाडी नै बन्द भएको पाइएपछि टोलीले प्रधानाध्यापकलाई नै स्पष्टिकरण माग गरेको छ ।
४ बजेसम्म कक्षा सञ्चालन हुनु पर्नेमा विद्यालयले मनोमानी समय अगावै छुट्टि गरेको भेटेपछि प्रधानाध्यापकलाई कारबाही स्वरुप स्पष्टिकरण माग गरेको महाशाखा प्रमुख कर्णले जानकारी दिए ।

यस्तै आदर्शनगरको बालमन्दिर पुग्दा टोलीले उक्त विद्यालय पनि समय अगावै छुट्टि हुनुका साथै शिक्षक कर्मचारी पनि अनुपस्थित देखेपछि प्रधानाध्यापकसहित ७ जनालाई स्पष्टिकरण सोधेको छ ।

मंगलबार विहान १० बजे स्पष्टिकरणसहित महानगरमा उपस्थित हुन निर्देशन दिइएको महाशाखा प्रमुख कर्णले बताए ।
प्रधानाध्यापक तथा शिक्षकको लापरवाहीका कारण सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घट्दो क्रममा रहेकाले लापरवाहीलाई नियन्त्रण गर्दै गुणस्तर बृद्धिका लागि अनुगमन बढाइएको उनले बताए ।

दैनिक जसो कुनै न कुनै विद्यालयको अनुगमनलाई निरन्तरता दिने भन्दै कर्णले कक्षा समयसम्म नचलाउने र विद्यालयमा उपस्थित नहुने शिक्षकलाई कारबाही गर्दै जाने बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:215. Generation time:4.001 sec. Memory consumption:82.49 mb