वीरगंज । पर्सा मिलन केन्द्र काठमाडाैंले बिहिबार वीरगंजमा पत्रकार सम्मेलन गर्दै विभिन्न कार्यक्रम गर्न लागेकाे जनाएकाे छ । मिलन केन्द्रले अन्तरक्रिया कार्यक्रम र निशुल्क आँखा शिविरकाे आयाेजना गर्न लागेकाे संस्थाका महासचिव ललन प्रसाद साहले जानकारी दिए ।
मंसिर २३ गते शुक्रबार वीरगंजस्थित राेयल पार्टी प्यालेसमा जनप्रतिनिधिहरुसंग अन्तरक्रिया कार्यक्रम, मंसिर २४ गते शनिबारका दिन वीरगंज महानगरपालिकाकाे अलाैंस्थित श्री द्वारदेवी माविमा निशुल्क माेतिया विन्दुकाे अपरेशन जाँच शिविर र मंसिर २५ गते अलाैं मै बाल विवाह तथा मर्यादित महिनवारी बारे अन्तक्रिया कार्यक्रम गर्न लागिएकाे महासचिव साहले वताए ।
उपत्यकामा पेशा, व्यवसाय, अध्यन, अध्यापन, श्रम वा रोजगारिको सिलसिलामा स्थाई/अस्थाई रुपमा बसोबास गर्दै आएका पर्साबासिहरुको भेटघाट, आपसी सद्भाव र सहयागको लागि वि.स. २०४७ सालमा एक समाजिक संस्था रुपमा पर्सा मिलन केन्द्र, काठमाडौ स्थापना भएकाे संस्थाका अध्यक्ष ई. उमेश कुमार गुप्ताले वताए ।
विगत २५ वर्ष देखि पर्सा मिलन केन्द्रले ‘पर्सा दिवस समारोह” को रुपमा मनाउदै आएको पत्रकार सम्मेलनमा वताउँदै यस वर्षको कार्तिक २६ गते शनिवारका दिन काठमाडौमा सम्पन्न ‘पर्सा दिवस समारोहमा पर्सा तथा देश विकासको विभिन्न क्षेत्रमा विशेष योगदान पुयाउने १९ जना पर्सावासीहरुलाई अभिनन्दन, सम्मान एवम् कदर पत्रद्वारा विभोषित गरिएकाे समेत जनाकारी गराए ।
यसका साथ पर्सा तथा काठमाडौमा नियमित निःशुल्क विशेषज्ञ एवम् मोतियाँ विन्दुको अपरेशन शिविर, अनाथ बाल-बालिका तथा बुढाहरुलाई न्यानो कपडा लगायत खाद्यान एवम् फलफुल वितरण, रक्तदान, भुइकम्प एवम् कोभिडमा विशेष सहयोग, बाल-बिबाह तथा दाइजो उन्मुलन अभियान नेपालीको विशेष चाड पर्वमा शुभकामना आदान-प्रदान र पिकनिक कार्यक्रम गर्दै आइरहेको उनले जानकारी गराए ।
संस्थाका अध्यक्ष गुप्ताकाे अध्यक्षता र नेपाल पत्रकार महासंघ मधेश प्रदेशका महासचिव श्याम बन्जाराकाे प्रमुख आतिथ्यतामा भएकाे नेपाल पत्रकार महासंघ पर्साकाे सभा हलमा भएकाे पत्रकार सम्मेलनमा वडाध्यक्ष संजु छतुकुली, नेपाल पत्रकार महासंघ पर्साका उपाध्यक्ष युवराज खड्का, वानका मधेश प्रदेश अध्यक्ष आशिक अंसारी लगायतले मन्तव्य राखेका थिए ।