11 May 2025
KALIKATIMES.COM

पर्सा २ काे प्रतिनिधि सभा सदस्यमा कांग्रेसका चाैरसिया विजयी

वीरगंज । पर्सा क्षेत्र नम्बर २ को प्रतिनिधीसभा सदस्यमा नेपाली काँग्रेसका अजय चौरसिया भारी मतान्तरले विजयी भएका छन् ।

पाँच दलीय बाम लाेकतान्त्रिक गठबनधनका उम्मेदवार चौरसिया निकटतम् प्रतिस्पर्धी जसपा–एमाले गठबनधनका उम्मेदवार जसपाका सुरेन्द्र कुर्मीलाई ६ हजार ६ मतले विजयी भएका हुन् ।

कांग्रेसका केन्द्रिय सदस्य समेत रहेका चौरसियाले २८ हजार ४ सय ५१ मत पाउँदा कुर्मीले भने २२ हजार ४ सय ४५ मत मात्रै पाएका छन् । चौरसिया तेश्रो पटक सांसदमा निर्वाचित भएका हुन् । २०५६ र २०६४ को निर्वाचनमा सांसदमा निर्वाचित चौरसिया २०५८ मा सहायक राज्यमन्त्री समेत बनेका थिए ।

२०७४ को निर्वाचनमा भने चौरसिया तत्कालीन संघीय समाजवादी फोरमका विमल श्रीवास्तवसंग पराजित भएका थिए । त्यस बेला श्रीवास्तवले २१ हजार १ सय ६९ मत पाएका थिए भने दोश्रो स्थानमा रहेका चौरसियाले १९ हजार ७ सय ४ मत पाएका थिए ।

यस क्षेत्र कै प्रतिनिधीसभा सदस्यका राप्रपाका उम्मेदवार नरेश कुमार साहले २ हजार ७ सय ४१ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका दिपराज पटेल ९७१ मत, नेपाल लाेकतान्त्रिक पार्टीका हरिहर प्रसाद साह कानु ३४९ मत र जनसमाजवादी पार्टी नेपालका सत्यनारायण प्रसाद साह २४० मत पाएका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.264 sec. Memory consumption:82.45 mb