12 May 2025
KALIKATIMES.COM

राष्ट्र निर्माणको लागि लौरोमा मतदान गर्न उम्मेदवार सर्राफकाे आग्रह

वीरगंज । पर्सा क्षेत्र नं. १ (२) बाट प्रदेशसभा सदस्यका उम्मेदवार ओमप्रकाश सर्राफले राष्ट्र निर्माणको लागि लौरो (छडी) छापमा मतदान गर्न आग्रह गरेका छन् ।

वीरगंज महानगरपालिकाकाे वडा नम्बर १६ को शिवम टोलमा घरदैलो गर्दै राष्ट्र निर्माणकाे लागि आफ्नाे चुनाव चिन्ह लाैराेमा मतदान गरी बिजयी गराउन मतदातासंग आग्रह गरेका हुन् । सर्राफले जनताले देखेका सपनालाई सार्थकता प्रदान गर्ने बेला अहिले आएकाले सही मुल्यांकन गरेर मतदान गर्न समेत आग्रह गरे ।

यसअघि जितेर मुख्यमन्त्री समेत बनेका यस क्षेत्रका जनप्रतिनिधीबाट जनता निराश र आक्रोशीत रहेको भन्दै उनले अब त्यसको जवाफ दिने सहि समय आएको उम्मेदवार सर्राफकाे भनाई थियाे ।

मंसिर ४ गते हुने निर्वाचनले अब देश र जनताको भविष्य निर्धारण गर्ने बताउँदै सर्राफले सक्षम र सबल उम्मेदवारलाई मतदान गर्न आग्रह गरे ।

सर्राफले भने, ‘जनतालाई मुर्ख सम्झिने समय अब छैन, धेरै भयो जनतालाई झुठो आश्वासन देखाएको, तर अब आश्वासन देखाउने हैन, काम गर्ने बेला आएको छ, त्यसैले काम गर्ने उम्मेदवारलाई मतदान गर्न आवश्यक छ ।’

घरदैलो कार्यक्रममा हाम्राे नेपाल पार्टीकी समानुपातिक उम्मेदवार गुड्डी जोशी लगायतकाे पनि सहभागीता रहेकाे थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.681 sec. Memory consumption:82.45 mb