36.1 C
Birgunj
10 May 2025
KALIKATIMES.COM

नेकपा एस प्रदेशसभा पर्सा क्षेत्र नं. १ (१) काे बैठक सम्पन्न

बीरगंज । नेकपा (एकिकृत समाजबादी) प्रदेशसभा पर्सा निर्वाचन क्षेत्र नं १ (१) काे बैठक शनिवार सम्पन्न भएको छ । वीरगंज महानगरपालिकाको वडा नं. १४ बहुअरीमा भएकाे बैठकमा वाेल्दै पार्टीका केन्द्रिय सचिव नागेन्द्र चौधरीले बाम लोकतान्त्रिक गठवन्धनको उमेदवारहरुलाई जिताउन पार्टीका नेता कार्यकर्ताहरुलाई निर्देशन दिए ।  

क्षेत्रिय संयोजक अनिल पटेलको अध्यक्षता र सचिव चाैधरीकाे प्रमुख आतिथ्यतामा भएकाे बैठकमा समानुपतिक मत आम जनतासँग चुनाव चिन्ह कलम छापका लागि माग्न गाउँ गाउँ टोल टोलमा पार्टीका नेता कार्यकर्तालाई लाग्ने बिषयमा नेताहरुले आ आफ्नो धारण राखेका थिए ।

बैठकमा पार्टीका पाेलिट व्युराे सदस्य एवम् जिल्ला इन्चार्ज रामचन्द्र साह, पाेलिट ब्युराे सदस्य एवम् वीरगंज महानगर इन्चार्ज चिरञ्जीवी आचार्य, जिल्ला अध्यक्ष बालगोपाल थापा, वीरगंज महानगर अध्यक्ष मनोज चौधरी, उपाध्यक्ष मंजूर आलम, सचिव वृजलाल पासवान लगायतले मन्तव्य राखेका थिए ।

बैठकमा संयोजक अनिल पटेलले बाम गठवन्धनको उमेदवार रहवर अन्सारी र प्रतिनीधि सभाको उम्मेदवारलाई मतदान गर्न आग्रह गरेका थिए । उनले गठवन्धनबाट चुनाव लडेका नेताहरुले केही समन्यव नगरेको काम गर्न असहज भइरहेको समेत गुनासाे गरेका थिए ।

बैठकमा मधेस प्रदेश कमिटी सदस्य मनोज शर्मा, बृजलाल यादव, जिला सचिवालय सदस्य द्वारिका श्रीवास्तव, आकाश पटेल, राज महमद मदन कुर्मी , युवा संघ नेपाल पर्साका अध्यक्ष श्रीलाल कुशवाहा, पावन पटेल, सन्दिप पटेल लगायतको उपस्थिती रहेको थियो ।

बैठकको संचालन प्रहालद कोइरालाले संचालन गरेकाे बैठकमा बाम लोकतान्त्रिक गठबन्धनका प्रदेशसभा पर्सा क्षेत्र नं. १ काे १ का उम्मेदवार रहवर अंसारीकाे पनि उपस्थिती रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:5.500 sec. Memory consumption:82.49 mb