वीरगंज । नेपाल कम्युनिस्ट पार्टी एमालेका केन्द्रीय सदस्य एवम् पर्सा जिल्ला क्षेत्र नम्बर ३ को प्रतिनिधिसभा सदस्य उम्मेदवार राजकुमार गुप्ताले भ्रष्टचारी सरकार र यो ठग गठबन्धनबाट देश र जनताको भलो नहुने भएकोले आउँदो निर्वाचनमा एमालेलाई मतदान गरी विजयी गराउन आग्रह गरेका हुन् ।
नेकपा एमाले बहुदरमाई नगर कमिटीको आयोजनामा गरिएको घरदैलो कार्यक्रममा नेता गुप्ताले देशमा सम्पूर्ण उत्पीडित जनताहरुको हक अधिकारको सुनिश्चितता तथा समाजवादको आधार निर्माण गर्न नेकपा एमालेको सरकार हुनुपर्ने ठहर गर्दै एमाले मै आफ्नो अमूल्य मत दिन मतदाताहरुसँग आग्रह गरे ।
घरदैलो कार्यक्रमलाई सम्बोधन गर्दै नेता गुप्ताले वर्तमान सरकार मात्र भ्रष्टचारमा लिप्त भएर ठहर गर्दै यस सरकारबाट जनताले कुँनै आशा गर्न नहुँने बताए त्यसैले आउँदो ४ गते हुने निर्वाचनमा नेकपा एमालेमा मतदान गरी विजयी बनाउन आग्रह गरे ।
पर्साको क्षेत्र नम्बर ३ जस्तै देशै भरी नेकपा लहर चलेकोले पर्मादेशबाट हटाइएको नेकपा एमालेको सरकार जनादेशबाट पुन : नेतृत्वमा आउँने दाबी गरे ।
शुक्रबार बहुदरमाई नगरपालिकाको राम्नगरी, फुलकवल र गोवरथावला लगायतको गाउँमा सयौंको संख्यामा नेता गुप्ताले घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् ।