12 May 2025
KALIKATIMES.COM

मुर्लीमा लाैराे उम्मेदवार सर्राफकाे घरदैलाे

वीरगंज । लौरो चुनाव चिन्ह लिएर पर्सा क्षेत्र नं. १ ‘ख’बाट प्रदेश सभा सदस्यका उम्मेदवार बनेका ओमप्रकाश सर्राफाले मंगलबार वीरगंज महानगरपालिका वडा नं. १२ मूर्लिमा घरदैलो कार्यक्रम सम्पन्न गरेका छन् ।

लौरो छापमा मतदान गर्न जनतासंग अपिल गर्दै घरदैलो गरेका प्रदेश सभा सदस्यका उम्मेदवार सर्राफले उत्साहजनक युवाको साथ र ज्येष्ठ नागरिकहरुको आशिर्वाद पाएका थिए ।

मधेशको हरेक धर्मसंस्कृतिको धरोहर विश्वलाई चिनाउन भिजिट मधेशमार्फत पर्यटन, मधेशको संस्कृतिको उत्थान गरेको, कोरोना महामारीमा एक आम समाजसेवीको हैसियतले आफ्ना मतदाताका दुःखमा सदैव साथ रहेकाले लौरोमा मतदान गरी आफूलाई जिताउन सर्राफले अपिल गरेका छन् ।

मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउत लडेको यस क्षेत्रबाट कडा प्रतिस्पर्धीको रूपमा रहेका लौरो उम्मेदवार सर्राफले कृषि आधुनिकीकरण, युवाहरूलाई सिप, तालिमसहितको स्वरोजगार लगायतका काम गर्न अवसर दिन मतदातासँग आग्रह गर्दै चुनाव प्रचार गरिरहेका छन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:5.659 sec. Memory consumption:82.45 mb