32.6 C
Birgunj
11 May 2025
KALIKATIMES.COM

पर्सामा जसपा–एमाले गठबन्धनलाई जिताउन संयुक्त महिला परिचालन समिति गठन

वीरगंज । पर्सामा जसपा–एमाले गठबन्धनका उम्मेदवारहरुलाई जिताउन भन्दै दुवै दलका महिला संगठनहरुको संयुक्त महिला परिचालन समिति गठन गरिएको छ ।

वीरगञ्जमा आइतबार आयोजित जसपा निकटको समाजवादी महिला संघ नेपाल र एमाले निकट अखिल नेपाल महिला संगठनको संयुक्त भेलाले १५ सदस्यिय संयुक्त महिला परिचालन समिति गठन गरेको हो ।

समितिको संयोजक समाजवादी महिला संघ नेपालकी मधेस प्रदेश उपाध्यक्ष पिंकी यादव रहेकी छन् भने सदस्यहरुमा अखलि नेपाल महिला संग्ठनकी वीरगन्ज इन्चार्ज मुना दाहाल , समाजवादी महिला संघकी पिंकी सिंह, अन्नापूर्णा मानन्धर सिंह, मिथिला खतिवडा, सुगान्धी यादव, पबित्रा पोखरेल, अलका प्रधान, गिता यादव, विन्दु श्रेष्ठ, सन्जु दाहाल, जमिला खातुन, मन्जु परियार, सुनिता साह र प्रेरणा श्रेष्ठ रहेका छन् ।

दुवै दलका महिला संगठनको भेलाले जसपा–एमाले गठबन्धनबाट पर्सा क्षेत्र नम्बर १ मा प्रतिनिधीसभा सदस्य उम्मेदवार प्रदीप यादव, १ को (क) का प्रदेशसभा सदस्य उम्मेदवार विचारी यादव, १ को (ख) का उम्मेदवार लालबाबु राउत, पर्सा २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार सुरेन्द्र कुर्मी, २ को (क) का प्रदेशसभा सदस्य उम्मेदवार रामनरेश यादव र २ को (ख) का उम्मेदवार हरेराम पटेललाई जिताउनका लागि संयुक्त महिला परिचालन समिति गठन गरिएको समितिकी संयोजक यादवले जानकारी दिइन् ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.266 sec. Memory consumption:82.5 mb