11 May 2025
KALIKATIMES.COM

स्वतन्त्र उम्मेदवार जयसवालद्वारा घरदैलाेलाई निरन्तरता

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. ३ काे २ का प्रदेशसभा सदस्यका स्वतन्त्र उम्मेदवार प्रमाेद जयसवाले शुक्रबार पनि घरदैलाे कार्यक्रमलाई निरन्तरता दिएका छन् ।

उम्मेदवार जयसवालले क्षेत्र अन्तर्गतकाे सखुवा प्रसौनी गाउँपालिका वडा नं. २ को प्रसौनी, जमुनिया, सखुइ, औराहा पन्चगावा, श्रीपुर, रामपुर, घुसुकपुर लगायतका गाउँहरुमा घरदैलाे गरेका हुन् । घरदैलाेकाे क्रममा उम्मेदवार जयसवालले आफ्नाे चुनाव चिन्ह फुल काेभि छापमा मतदान गरी विजयी गराउन मतदाताहरुसंग आग्रह गरेका छन् ।

घरदैलाे कार्यक्रममा सखुवा प्रसाैनी गाउँपालिकाकाे पूर्व अध्यक्ष प्रदिप जयसवाल, पुर्व वडाध्यक्षहरु सलिम अन्सारी, जुमादिन मियाँ, रुपलाल यादव, रामबालक रामसहित स्थानियहरुको उल्लेख्य सहभागीता रहेकाे थियाे ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

झुठो मुद्दामा दुई पत्रकार र एक अधिकृत सहित पांच जनालाई फसाउने प्रयास विफल

कालिका टाईम्स

वीरगंजका होटल तथा पर्यटन ब्यबसायीहरुलाई करको दायरामा आउन महानगर प्रमुखको आग्रह

कालिका टाईम्स

वेहुलीको बिदाइ गर्न नमान्दा भएको झगडाको बिउ हत्यासम्म, ३ वर्षपछि फरार अभियुक्त पक्राउ

कालिका टाईम्स
SQL requests:216. Generation time:6.159 sec. Memory consumption:82.48 mb