12 May 2025
KALIKATIMES.COM

सौन्दर्यकरणको नाममा पाेखरीकाे माैलिकता नष्ट गरिएकाे छ : उम्मेदवार सर्राफ

वीरगंज । पर्सा निर्वाचन क्षेत्र नं. १ काे २ का प्रदेश सभा सदस्यका उम्मेदवार युवा नेता ओम प्रकाश सर्राफले प्रदेश सरकार र प्रतिनिधि ठेकेदारले सौंदर्यकरणको नाममा मुर्ली स्थित पोखरी र सिर्सिया नदीको मौलिकता नष्ट गरेको आरोप लगाएका छन् ।

इम्प्रूविंग वीरगंजले आयोजना गरेको वातावरण संरक्षण सम्बन्धि सचेतनामूलक कार्यक्रमलाई प्रमुख अतिथिको रुपमा सम्बोधन गर्दै उम्मेदवार सरार्फले सौन्दर्यकरणको नाममा वीरगंजको गौरवको रुपमा रहेको नगव पोखरी र मुर्ली पोखरीको मौलिकता नष्ट गरिएको बताए ।

जल लगायतका प्राकृतिक सम्पदालाई जोगाउनुपर्नेमा छठ घाटको रुपमा प्रयोग हुने यी पोखरीहरुको पानी सुकाई डोजर चलाई हिन्दु संस्कृतमाथि ठाडो प्रहार गरिएको बताएका छन् । मुख्यमन्त्री स्वच्छता अभियान अन्तर्गत बनाउन सुरु गरिएको ती पोखरीहरुको ठेक्कामा पनि व्यापक अनियमितता भएको नेता सर्राफले जिकिर गरे ।

समाजिक अभियान्ता समेत रहेको युवा नेता सर्राफले सिर्सिया नदी पुनः उद्दर गर्न सबै लाग्नु पर्ने बताए । संस्थाका अध्यक्ष सरन गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रमलाई वातावरण अभियन्ता आकाश चौहान लगायतले सम्बोधन गरेका थिए ।

कार्यक्रम अन्तर्गत घण्टाघर सफाई लगायत अन्य सार्वजनिक स्थललाई सरसफाइ गरिएको थियो ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

बुद्ध जयन्तीको अवसरमा भिस्वा डाँडामा सरसफाई

कालिका टाईम्स

प्रेस सेन्टर पर्साद्वारा सिडिओलाई ज्ञापन

कालिका टाईम्स

नयाँ लुगा किनिदिने प्रलोभनमा पारी नाबालिकालाई यौनधन्दामा लगाउने महिला वीरगंजबाट पक्राउ

कालिका टाईम्स
SQL requests:214. Generation time:6.319 sec. Memory consumption:82.45 mb