33.7 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

त्रिवेणी स्पिनिङ्गमा प्रहरी र मजदुर बीच झडप, एक प्रहरीसहित दर्जन भन्दा बढी घाइते

एक राउन्ड हवाई फायर र दर्जनाैं सेल आश्रु ग्यास फायर

वीरगंज । बाराकाे जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ९ छाता पिपरामा रहेकाे त्रिवेणी स्पिनिङ्ग मिल्स प्रालिमा बिहिबार दिउसाे मजदुर र प्रहरी बीच झडप भएकाे छ ।

कर्मचारी बाेनसकाे विषयलाई लिएर भएकाे झडपमा एक प्रहरीसहित दर्जन भन्दा बढी मजदुरहरु घाइते भएका छन् । प्रहरीले स्थिती नियन्त्रणमा लिन एक राउन्ड हवाई फायर र दर्जनाैं शेल आशु ग्यास फायरिङ गरेकाे थियाे ।

कम्पनीका संचालकले विगतकाे बर्षमा कर्मचारीलाई उपलब्ध गराउँदै आएकाे वाेनस उपलब्ध नगराएपछि बुधबारदेखि कामदारहरु आन्दाेलित थिए । आन्दाेलन कै क्रममा कामदारहरुले बुधबार दिउसाेदेखि नै कम्पनीका सिइयाे अशाेक शर्मालाई उनकै कार्यकक्षमा थुनेर कम्पनी मै बसेका थिए ।

समस्या समाधानकाे लागि बिहिबार दिउसाे कम्पनी मै कम्पनी संचालक र मदुर पक्ष बिच बर्ता भइरहेकाे थियाे । साेही क्रममा पुगेका जिल्ला प्रहरी कार्यालय बाराका प्रहरी उपरिक्षक होबिन्द्र बोगटी र आन्दाेलित मजदुर बिच विवाद हुँदा झडप हुन पुग्याे ।

प्रहरी उपरिक्षक बाेगटीसंगै कम्पनीकाे कार्यालयमा प्रबेश गर्ने क्रममा एक प्रहरी जवानले महिला कमादारलाई हातपात गर्दै दुर्व्यहार गरेपछि आक्राेशित कमादारहरु मिल्समा धागाे बेर्ने पाइपाहरु चलाउन थालेपछि स्थित तनाव पूर्ण बनेकाे थियाे । त्यसकाे केही बेर सम्म दुबै पक्ष बिच बारम्बार झडप भइरहयाे ।

प्रहरीले कामदारहरुले थुनेका कम्पनीका सिईयाे शर्मालाई उद्दार गराउन कमदारमाथी बल प्रयाेग गरेकाे थियाे । त्यस क्रममा एक प्रहरी जवानसहित एक दर्जन भन्दा बढी मजदुरहरु घाइते भएका हुन् । प्रहरीले बर्तामा बसेका केही मजदुर नेतासहित ७ जनालाई नियन्त्रणमा समेत लिएकाे छ ।

विगत १५ वर्षदेखि मजदुरहरुले वर्षेनी दशैं तिहारमा बोनस प्राप्त गर्दै आएकोमा विगत ३ वर्षदेखि उद्योग प्रशासन पक्षले मजदुरहरुलाई बोनस दिन आनाकानी गर्दै आएको मजदुरहरुको आरोप छ ।

कोरोना संक्रमण महामारीको बखत उद्योग संचालन नभए पश्चात मजदुरहरुले बोनस पाएका थिएनन्, त्यस यता गत वर्षको दशैंमा उद्योग प्रशासनले मजदुहरुलाई १० देखि १२ हजारको दरले बोनस दिएको थियो । यस वर्ष उद्योग राम्ररी संचालन भइरहेको अवस्थामा उद्योग पक्षले अचानक बोनस नदिने भनेपछि आफुहरु विरोधमा उत्रेकाे मजदुहरुले वताएका छन ।

उद्योग पक्षले पैसाको आडमा प्रहरीलाई बोलाई बल प्रयोग गरि मजदुरहरुमाथि दमन गराएको अखिल नेपाल औधाेगिक मजदुर संघका सचिव लुटेन्द्र मिश्रले वताए । पुरुष प्रहरीले महिला श्रमिकमाथि हात हालेको, दुव्र्यवहार गरेको, कम्मरमा हात समाई लछार पछार गरेको मजदुरहरुकाे आराेप छ ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:218. Generation time:4.562 sec. Memory consumption:82.51 mb