33.7 C
Birgunj
17 May 2025
KALIKATIMES.COM

सहरी मन्त्री चौधरीद्वारा बाढी पीडितलाई १३ लाख बराबरकाे खाद्यान्न सहयोग

वीरगंज । सहरी विकास मन्त्री मेटमणि चौधरीले शनिबार देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सहयोग गरेका छन् ।

डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीको वताए ।

‘यो ०१८ साल पछिकै ठुलो बाढी हो । यसले निकै ठुलो क्षती पुर्याएको छ । थोरै भएपनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुख मार्फत एक द्वार प्रणालीबाट वितरण हुनेछ ।’ मन्त्री चौधरीको भनाई थियो ।

दुःखमा परेका जनताले राज्य छ, स्थानीय सरकार छ भन्ने महसुस गर्नुपर्छ भन्दै सहरी मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने बताए ।

प्रतिक्रिया लेख्नुहोस

सम्बन्धित समाचार

पर्सागढीकाे प्रप्र अधिकृतमा साह र बहुदरमाईमा श्रीवास्तव

कालिका टाईम्स

वीरगंजमा ‘देवी’ वृत्तचित्रको विशेष प्रदर्शनी सम्पन्न

न्युज डेस्क

नेशनल मेडिकल कलेजद्वारा नि:शुल्क स्वास्थ्य शिविर सम्पन्न, २०८ जनाले गराए स्वास्थ्य परीक्षण

न्युज डेस्क
SQL requests:216. Generation time:5.278 sec. Memory consumption:82.47 mb