वीरगंज । नेपाल निर्माण व्यवसायी संघ पर्साकाे अध्यक्षमा सुरेश प्रसाद कुर्मी विजयी भएका छन् । अध्यक्षका अर्का उम्मेदवार दिवाकर प्रसादलाई २२७ मतले हराउदै सुरेश विजयी भएका हुन् । शनिबार भएकाे निर्वाचनकाे आइतबार विहान सम्पन्न अन्तिम मतगणनाकाे मतपरिणाम अनुसार दिवकारले ५८ मत पाउँदा सुरेशले २८५ मत पाएका छन् ।
संघकाे प्रथम उपाध्यक्षमा ज्ञानेन्द्र मिश्र २३९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी हिरालाल प्रसाद कुर्मीले १०३ मत मात्र पाएका छन् । द्वितिय उपाध्यक्षमा अच्चेलाल प्रसाद चाैरसिया २२९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी रामबाबु प्रसाद कुर्मीले १०० मत मात्र पाएका छन् ।
सचिवमा शनि यादव १५८ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु मुकेश प्रसाद कुर्मी १२३ मत र प्रदिप कुमार पटेलले ३३ मत मात्र पाएका छन् । सह सचिवमा संजयक कुमार कुर्मी १४२ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धीहरु राेशन कुमार सिंह ११० मत र धुरेन्द्र प्रसाद कुर्मीले ७४ मत मात्र पाएका छन् ।
काेषाध्यक्षमा राजेश्वर प्रसाद राैनियार २०१ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी महताब अहमद ११६ मत मात्र पाएका छन् । सह काेषाध्यक्षमा सदाम हुसेन २०९ मत ल्याएर विजयी भएका छन् । उनका प्रतिस्पर्धी राजु प्रसाद पटेलले १०३ मत मात्र पाएका छन् ।
संघकाे सदस्यहरुमा अमाेद कुमार पटेल १८० मत, पुरुषाेत्म प्रसाद पटेल १८५ मत, विकास कुमार साह १६६ मत, विरेन्द्र प्रसाद कुर्मी २१६ मत, मनाेज कुमार साह १५७ मत, बृजेश कुमार यादव १८० मत, पारस ठाकुर २०० मत, दिपेन्द्र प्रसाद साेनार १७५ मत र सतिश कुमार चाैरसिया १५४ मत ल्याएर विजयी भएका हुन् ।
यस अघि नै दुई जना महिला सदस्यमा प्रिया पाण्डे र आशा देवी निर्विराेध निर्वाचित भइसकेकाे जनाइएकाे छ ।